प्रदेश ४ को मन्त्रीपरिषद पहिलो बैठक, ५ बर्षमा प्रदेशका सवै बस्तीमा बिद्युतीकरण
तपाईको प्रतिक्रिया





पोखरा । मूलुकमा पहिलो पटक संघियताको कार्यान्वयनको क्रममा शुक्रवार प्रदेश नम्वर ४ का मुख्यमन्त्री र सभामुखले पद तथा गोपनियताको शपथ ग्रहणपछि बसेको मन्त्रीपरिषको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेकोछ। शपथ ग्रहणपछि दुई सदस्यीय मन्त्रीमण्डलको बैठक बसेको थियो।
संघिय संरचना गरिएको प्रदेश मध्ये सामर्थताको हिसावले अत्यन्त सक्षम र सवल प्रदेशकारुपमा रहेको प्रदेश नम्वर ४ मा मन्त्री परिषदको पहिलो बैठकले पनि जलस्रोत तथा पर्यटन केन्द्रीत योजना प्राथामिकतामा परेकाछन्। जलस्रोत, बिद्युतीकरण, कृषि, पर्यटन र भौतिक निर्माण लगायतका क्षेत्रहरु मुख्य प्राथमीकतामा राखेर आगाडी बढ्नेगरी पहिलो मन्त्री परिषदको बैठकले विभिन्न योजना बनाएकोछ।
उत्सुकताका साथ हेरीएको प्रदेश नम्वर ४ को पहिलो मन्त्रीपरिषदको बैठकले ५ बर्ष्भित्र प्रदेश ४ का सबै घरमा विद्युत विस्तार गरिसक्ने निर्णय गरेको छ।
शहीदप्रति श्रद्धाञ्जली दिएर सुरु भएको बैठकमा निर्णय पनि शहीदको सम्मानमा जोडिएको छ । यस्तै बैठकले प्रदेश सरकारको प्रबक्ताका रुपमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतलाई तोकेको छ ।
५ बर्ष्भित्रमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने, उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत सबैका घरघरमा विद्युत विस्तार गर्ने, ५ बर्षिभत्रमा प्रदेशका सबै स्थानीय तहको केन्द्रसँग प्रदेश राजधानीको सडक पहुँच विस्तार गर्ने, स्थानीय तहसँगको समन्वयमा २ बर्षिभत्र प्रत्येक गाउँ र बस्तीमा शुद्ध पिउने पानीको ब्यवस्थापन गर्ने लगायतका निर्णय छन् ।
यस्तै प्रदेशमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने, विभिन्न जाति जनजातिको पहिचान झल्किने गरी बहुसांस्कृतिक ग्राम (मल्टिल्चर भिलेज) स्थापना गर्ने, सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्नका लागि विद्युतिय सुशासनमा जोड दिने निर्णय भएको छ। त्यसैगरी ५ बर्षभित्र अन्तराष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्ने, प्रदेश सरकारका सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी नियमावली २०७४ स्विकृत गर्ने,निर्णय भएको उद्योग मन्त्री तथा प्रदेश सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।
Related