प्रदेश ४ मुख्यमन्त्री, सभामुख र मन्त्रीको शपथ ग्रहण गरे
/४ फाल्गुन २०७४, शुक्रबार ०५:३४ , प्रकाशीत
पोखरा । प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिएका छन् । गुरुङलाई शुक्रबार प्रदेश ४ का प्रदेश प्रमुख बाबराम कुबँरले शपथ गराएका हुन् ।
आईतबार संसदीय दलको नेतामा निर्विरोध निर्वा्चित भएका गुरुङलाई सोमबार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि बुधबार नै शपथ ग्रहणको कार्यक्रम राखिएकोमा गुरुङकी कान्छीआमाको निधन भएपछि शपथ दुई दिन पछि सरेको थियो । अधिकारी बिहीबार मात्रै सभामुखमा निर्वािचत भएका थिए । शपथ प्रदेश प्रमुखको निवास रत्नचोकमा भएको हो ।
मुख्यमन्त्री गुरुङले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रामशरण बस्नेतलाई शपथ गराएका छन् । उनी एमालेका तर्फबाट गोर्खाका सांसदबाट सांसद बनेका हुन् । माओबादीले पनि १ जना मन्त्री पठाउने तयारी थियो । तर आन्तरिक सहमति नजुटेको भन्दै मन्त्री पठएन ।

Related