भेट्रान बास्केटबलको सेमिफाइनलमा आयोजकले कृतिपुर संग भिड्ने
/४ फाल्गुन २०७४, शुक्रबार १२:४९ , प्रकाशीत
पोखरा, ०४ फागुन । कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्श द्वारा प्रायोजित टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको शनिबार पहिलो सेमिफाइनल खेल आयोजक कास्की र कृतिपुर भेट्रान बीच हुने भएकोछ।
पुन समाज क्लबले शुक्रबार आयोजित खेलमा आयोजकलाई वाक ओभर दिए पछि आयोजक सेमी फाइनलमा प्रवेश गरेको हो । यसै गरि दोश्रो सेमीफाइनल खेल काठमाडौको ठमेल र पश्चिमाञ्चल एक्स आर्मीका बीच हुने भएकोछ ।
शुक्रबार सम्पन्न खेलमा एक्स एविसीले कास्की जिल्ला बास्केटबल संघलाई ५४–४८ ले, कृतिपुरले पुन समाजलाई ६६–४४ ले, ठमेलले एक्स आर्मीलाई ५१–२५ र कृतिपुरले एक्स एबिसीलाई ६२–४९ को स्कोरले पराजित गरेका थिए ।
शनिवार सेमीफाइनल र फाइनलका खेलहरु संचालन हुने कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्र बहादुर सेनले जानकारी दिएका छन । विभिन्न जिल्ला र अयोजक सहित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी पदक तथा प्रमाणपत्र प्रदानगरिने आयोजकले जनाएकोछ।

Related