• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मन्त्री बन्न तयार एमालेका २१ नेताको नामावली बाहिरियो ,को-को छन त तयारीमा?

  •      /५ फाल्गुन २०७४, शनिबार १५:३० ,  प्रकाशीत
  • काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि एमालेका नेताहरु मन्त्री बन्ने दौडधुपमा लागेका छन् । बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । पण्डितले जनसंख्या तथा बाताबरण मन्त्रालय र थापाले बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् । लालबाबु पण्डित यसअघि नै ओली सरकारमा सामान्य प्रशासन मन्त्रालय सम्हालेका थिए । त्यस समयमा मन्त्री भएका पण्डितले जनताको मन जित्न सफल भएका थिए । यसैगरी उनले गत प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालार्इ पराजित गरेका थिए ।

    आकांक्षी २१ अनुहार 

    ओली पहिलो पटक प्रधानमन्त्री बनेका बेलामा उपमहासचिव विष्णु पौडेल अर्थमन्त्री भएका थिए । अहिले पनि उनी अर्थ मन्त्रालयमा नै आकाक्षी भएको देखिन्छ । उनीसँगै पहिले भएको एमालेको सरकारहरुमा अर्थमन्त्री भएका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, महासचिव इश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली पनि अर्थमन्त्रीको दाबेदारमा रहेका छन् ।

    यसैगरी प्रदेश नम्बर १ ताप्लेजुङबाट सांसद भनेका एमालेका युवा नेता तथा सचिव योगेश भट्टरार्इ ओली सरकारमा मन्त्री बन्ने आकांक्षा बोकेका नेता हुन् । उनले गत प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसका नेता केशव दहाललार्इ पराजित गरेका थिए । यदि उनी ओली सरकारमा मन्त्री भए भने मन्त्री बन्नेमा नयाँ अनुहार हुनेछ ।

    एमालेको सरकारमा प्रदेश नम्बर ३ बाट पूर्व अर्थ मन्त्री पाण्डेसहित महासचिव इश्वर पोखरेल, महेश बस्नेत, गोकुल बाँस्कोटा, शेर बहादुर तामाङ पनि आकांक्षी भएका छन् ।
    पूर्व अर्थ मन्त्री पाण्डे गत प्रतिनिधि सभा चुनावमा चितवन १ बाट विजयी भएका थिए । उनले यस चुनावमा नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीलार्इ पराजित गरेका थिए ।

    यस पटकको एमाले सरकारमा मन्त्री बन्ने दौडधुपमा अर्का युवा नेता महेश बस्नेत पनि रहेका छन् । भक्तपुर २ बाट सांसद बनेका उनी यसअघि पनि उद्योग मन्त्री बनिसकेका छन् । पार्टीमा विशिष्ट जिम्मेवारी नभएका बस्नेतले गत चुनावमा नेपाली कांग्रेसका नेता दमनाथ ढुंगानालार्इ पराजित गरेका थिए ।

    एमाले पार्टीमा आफ्नो पहिचान बनाइसकेका महासचिव पोखरेल पनि यस पटकको सरकारमा मन्त्री बन्ने दौडधुपमा रहेका छन् । अहिलेसम्म कुनै मन्त्रालय नसम्हालेका पोखरेल यस पटक मन्त्री भए उनी पनि नयाँ अनुहार हुनेछ । गत चुनावमा काठमाडौं क्षेत्र न। ५ बाट सांसद भनेका पोखरेलले नेपाली कांग्रेसका वरिष्ठ नेता डा. प्रकाशशरण महतलार्इ पराजित गरेका थिए ।

    गत प्रतिनिधि सभा चुनावमा सबैको ध्यान तानेको पशुपति शमशेरलार्इ पराजित गरेका सांसद शेर बहादुर तामाङ पनि यस पटकको सरकारमा मन्त्री बन्ने दौडमा रहेका छन् । नेपाली इतिहासमा चर्चित नेता शमशेरलार्इ पराजित गरेका तामाङ सिन्धुपाल्चोक सांसद बनेका हुन् ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललार्इ पराजित गरेका किसान श्रेष्ठको नाम पनि यस पटक मन्त्री बन्ने चर्चामा रहेको छ । यसैगरी मन्त्री बन्ने आकाक्षीहरुमा सांसद गोकुल बाँस्कोटा, रवीन्द्र अधिकारी, पद्मा अर्यालको नाम पनि चर्चा रहेको छ ।

    प्रदेश नम्बर ५ बाट उपमहासचिव विष्णु पौडेलसहित घनश्याम भुसाल सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टको नाम पनि चर्चामा रहेको छ । गुल्मेबाट सांसद बनेका ज्ञवाली र विष्टले कांग्रेसका चन्द्रकान्त भण्डारी र चन्द्र बहादुर केसीलार्इ पराजित गरेका थिए । गुल्मी क्षेत्र न. २ बाट सांसद बनेका विष्ट यसअघि उर्जा मन्त्री बनेर जनताको मन जित्न सफल भएका थिए ।

    यसबाहेक एमालेको तर्फबाट मन्त्री बन्नेहरुमा भीम रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, रामबीर मानन्धर लगायत पनि मन्त्री बन्ने दाउमा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.