• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटन प्रवद्र्धन गर्न पोखराका व्यवासायी भारतको बंगाल ट्राभल्स मार्ट पुगे

  •      /५ फाल्गुन २०७४, शनिबार १४:३८ ,  प्रकाशीत
  • कास्की । पोखराका पर्यटन ब्यवसायीहरु भारतको सिल्गुरी पुगेर पोखरा भ्रमणको लागि निम्तो बाँडेका छन्। पर्यटन प्रर्वधन गर्न सिल्गुरी पुगेका व्यवसायीले नेपालका विभिन्न स्थान र पोखरा क्षेत्रका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउदै भ्रमणमा आउन निम्तो गरेका छन्।
    पोखरा, काठमाडौ लगायत विभिन्न स्थानबाट भारतको सिल्गरी पुगेका पर्यटन व्यावसायीहरुले त्यहाँ आयोजित बंगाल ट्राभल्स मार्टमा सहभागी हुदै नेपालका पर्यटकीय स्थलका बारेमा जानकारी गराउदै भ्रमण गर्न आग्रह गरेका हुन्। उनीहरुले भारत, बंगलादेश, भुटान लगाएतका देशका व्यवसायी मार्फत भ्रमणमा आउने निम्तो बाडेका हुन् ।
    बंगाल मार्टमा पोखराका १६ जना पर्यटन व्यवसायीहरु सहभागी छन् भने नाट्टा पुर्वाञ्चल र काठमाडौका पर्यटन समेतको ठूलो सहभागिता रहेकोछ। पर्यटन व्यासायी सहभागी कार्यक्रम ट्राभल्स मार्टमा पोखराका होटल, टान, नाट्टा, रेवान लगाएतका संघ संस्था,नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदको संयोजनमा ब्यवसायीहरु सहभागी भएका हुन् ।
    नेपालबाट सहभागी भएका पर्यटनसंग आबद्ध ब्यवसायीहरुले सिल्गुरीमा आयोजीत बैठकमा विभिन्न देशबाट सहभागि भएका ब्यवसायीसंग छलफल र अन्तरक्रिया गरेको टान पश्चिमाञ्चल क्षेत्रिय संघका प्रथम उपाध्यक्ष हरी भुजेलले जानकारी दिए । उनले पोखरा र नेपालको विभिन्न पर्यटकीय स्थानहरुको प्रचारप्रसार गर्न ट्राभल्स मार्ट सहयोगि भएको बताए । ‘ग्राहक सगँ प्रत्येक्ष छलफल संगै पोखरा र नेपालका बारेमा धेरै जानकारी गरायौं’ उनले भने। ‘नेपाल भ्रमण गर्न र पर्यटक प्रवद्र्धनमा सहयोग गर्न उनीहरु तयार छन्।’
    पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले पोखराको पर्यटन प्रर्बद्धन गर्न परिषद्ले विगतका बर्ष देखि नै विभिन्न प्रर्बद्धनात्मक कार्यक्रमहरु गर्दै आएको बताए। आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनले बताए। ‘पर्यटन विकासका लागि प्रर्बद्धन नै पहिलो प्राथमीकता हो’ उनले भने। ‘प्रबद्र्धनकै लागि हामीहरुले निरन्तर विभिन्न कार्यक्रमहरु गर्दै आएकाछौं।’
    मार्टमा बंगाल ब्यवसायीमात्र नभई भारतका विभिन्न स्थनका पर्यटन व्यवसायी र अन्य देशका व्यवासायीहरुको समेत सहभागिता भएकाले पोखराको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग पुग्ने शर्माको भनाई छ ।
    ट्राभल्स मार्टमा सहभागी हुन पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा, कार्यक्रम संयोजक हरी भुजेल, नाट्टा क्षेत्रिय संघका अध्यक्ष सन्तोष पोखरेल, निवर्तमान अध्यष दिल गौतम, महासचिब हरिराम अधिकारी, सदस्य राजेश पहारी, विश्वराज आचार्य, नेपाल हवाई खेलकुद संस्थाका सचिब इन्द्रप्रसाद भण्डारी, रेवानका सचिब गणेश थापा, एगाका सचिब सिताराम भट्ट, मुद्रा सटही संगठनका कोषाध्यक्ष दिपक पौडेल, टान सदस्य मिलन तिवारी, महिला पर्यटन व्यवसाय मञ्चकी सदस्य शारदा भुजेल लगायतको सहभागिता रहेकोछ।
    ब्यवसायीहरुले नेपालको पर्यटनका वारेमा जानकारी दिन शनिबार साझँ नेपाल नाइट कार्यक्रमको आयोजना गरेका छन्। त्यस कार्यक्रमा पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलिया र पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले नेपाल र पोखराको पर्यटन, संस्कृतीका बारेमा जानकारी गराएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.