पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहणपछि ४ सदस्यीय मन्त्री मण्डल गठन गरेका छन्। मन्त्री बनाउने बिषयमा माओवादीमा आन्तरिक द्धन्द चर्किएपछि समयमै मन्त्रीहुनेको नाम सिफारिस हुन नसक्दा शुक्रवार दुई चरणमा मन्त्रीमण्डल विस्तार भएको हो।
शुक्रबार पोखरामा प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ गराएका थिए। मुख्यमन्त्रीको शपथ पछि गुरुङले एमालेको तर्फबाट गोरखाका रामशरण बस्नेतलाई मात्र मन्त्रीको शपथ गराएका थिए।
माओवादीका नेता देव गुरुङ र हरी अधिकारीको सक्रियतामा दिनभर बैठक बसेर सहमतिको प्रयास गरिएपछि साँझ ६ बजे माओवादी केन्द्रको तर्फबाट २ जनालाई शपथ गराईएको थियो।
साँझ माओवादीको तर्फबाट मन्त्रीहुनेहरुमा तनहुँबाट निर्वा्चित हरिबहादुर चुमनले आन्तरिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेखबहादुर थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका थिए् । यस्तै, प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीले पनि शुक्रबारै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश नम्बर ४ मा मूख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रलाई दिने भागबन्डा गरिएको थियो ।उपसभामुखको निर्वाचन भने फागुन ६ गते हुनेछ ।उपसभामुखका लागि एमालेकी सिर्जना शर्माको नाम चर्चामा छ ।

Related