• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश ४ को उपसभामुखमा एमालेकी श्रृजना शर्मा बिजयी

  •      /६ फाल्गुन २०७४, आईतवार ०९:५८ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नम्बर ४ को उपसभामुखको चुनावमा गठबन्धको तर्फबाट उमेदवार बनेकी सांसद श्रृजना शर्मा निर्वाचित भएकीछन्। आइतबार भएको मतदानमा ३८ मत ल्याएर उनी निर्वा्चित भएकी हुन् । उनकी निकट्तम प्रतिद्धन्दी काँग्रेसकी मनकुमारी गुरुङले १८ मत पाएकी थिइन् । उपसभामुखमा निर्वाचित शर्मा समानुपातिक निर्वाचन प्रणालीवाट प्रदेश सभा सांसद बनेकी हुन्। यसअघी उनी नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सचिव हुन्।
    सभामुखमा माओवादी केन्द्रका सांसद नेत्रनाथ अधिकारी चयन भइसकेका छन् । सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगका हुनुपर्ने संवैधानिक प्रावधान अनुसार एमालेबाट महिला सांसद शर्मालाई वाम गठबन्धनले समर्थन गरेको हो ।
    ३ जना आकांक्षी भएपछि एमालेले शनिबार नै उपसभामुखको टुंगो लगाउन सकेको थिएन। उपसभामुखमा सिर्जनासँगै मित्रकुमारी सुवेदी गुरुङ र नरदेवी पुनले दावी गरेका थिए। आइतबार बसेको एमाले संसदीय दलको बैठकले सिर्जनालाई सिफारिस गरेपछि उनि उमेदवार बनेकी हुन्।
    मुख्यमन्त्री र सभामुखमा वाम गठबन्धनका उमेदवार सर्वसम्वत भएपनि दुई पार्टी एकिकरण प्रक्रियामा रहेका कारण कानुन अनुसार उपसभामुख आफुले पाउनु पर्ने दावी गर्दै काँग्रेसले उपसभामुखमा गोरखाबाट समानुपातिक सांसद बनेकी मनकुमारी गुरुङलाई उमेदवार बनाएपछि निर्वाचन भएको हो।
    सांसद विन्दुकुमार थापाको प्रस्ताव र ओमकला गौतमको समर्थनमा मनकुमारी मनोनयन दर्ता गराएकी हुन् ।
    ६० सदस्यीय प्रदेश सभामा एमालेको सबैभन्दा बढी २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३ र नयाँ शक्तिको २ जनाको प्रतिनिधित्व छ । एमालेको समर्थनमा मनाङबाट प्रदेशसभा सदस्य बनेका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ भने अदालतबाट दोषी ठहर भइ फरार छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.