• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माधव नेपालसँगै बालुवाटार पुगे नवराज सिलवाल

  •      /७ फाल्गुन २०७४, सोमबार १४:२१ ,  प्रकाशीत
  • phile photo

    काठमाडौँ : पूर्व डिआइजी तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् नवराज सिलवाल आज एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
    सरकारी कागजपत्र किर्तेको विषयमा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले अनुसन्धान थालेपछि सिलवाल सम्पर्कविहीन भएका थिए।
    यसअघि ललितपुर क्षेत्र नम्बर १ मा निर्वाचित सिलवालको फोटो आजै उनी निकट पत्रकारको फेसबुकमा देखिएको थियो।
    नेकपा एमालेको सरकार गठन र राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान लगत्तै उनी सार्वजनिक भएका हुन्। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले फागुन २१ गते अधिवेशन आह्वान गरेकी हुन्। निर्वाचित सांसदलाई अधिवेशन बोलाएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गर्न नपाउने व्यवस्था रहेको छ।तर फौजदारी अभियोगमा संघीय कानुन अनुसार कुनै सदस्यलाई पक्राउ गर्न भने रोक छैन।
    महानगरीय प्रहरी परिसर काठमाडौंले किर्ते अनुसन्धानमा गत बुधबार नै सरकारी वकिलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। परिसरमा नयाँ एसएसपी विश्वराज पोखरेल आएको दुई दिनमा नै प्रतिवेदन कार्यालयमा पेस गरिएको थियो।
    परतिवेदन बुझाए पनि सरकरी वकिलको कार्यालयले प्रतिवेदन अपूरो भएको भन्दै मुद्दा दर्ता गर्नेबारे कुनै राय दिएको छैन। कार्यालयले राय दिन नसक्दा प्रतिवेदन अहिले सरकारी वकिलको कार्यालयमा नै थन्किएको छ।
    आफूलाई प्रहरी महानिरीक्षक बनाउनु पर्ने दाबीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनु पर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो।
    सर्वोच्व अदालतले आदेशको पूर्ण पाठमा सिलवालले नै फाइल कीर्ते गरेको देखिएको भन्दै यस विषयमा अनुसन्धान गर्न आदेश दिएको थियो।
    यही फैसला अनुसार नै प्रहरीले गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरेदेखि सिलवाल प्रहरीको खोजी सूचीमा छन्। प्रहरीले उनीविरुद्ध डिफ्युजन नोटिस नै जारी गरेको छ।
    तर सरकार परिवर्तनसँगै उनीविरुद्धको मुद्दा अन्यौलमा परेको छ।  अघिल्लो संसदमा तत्कालीन प्रतिपक्षी नेताका रुपमा ओली सिलवालको पक्षमा बोलेका मात्र थिएनन्, सार्वजनिक कार्यक्रमहरुमा पनि सिलवालको बचाउ गरेका थिए। प्रहरी स्रोतका अनुसार ‌ओलीले प्रहरी नेतृत्वलाई सिलवाललाई पक्राउ नगर्न निर्देशन दिइसकेका छन्।
    सिलवालले देउवाले राजीनामा गरी ओलीले प्रधानमन्त्रीको शपथ लिएको दिन ट्विट गर्दै कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको लेखेका थिए। पहिलोपोस्ट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.