गौचन हत्याका मुख्य योजनाकार मनोज पुन गोवाबाट पक्राउ
/७ फाल्गुन २०७४, सोमबार ०८:४३ , प्रकाशीत
काठमाडौं, ७ फागुन । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार मनोज पुन गोवाबाट पक्राउ परेका छन् ।पुनलाई हिजो पक्राउ गरिएको र नेपाल ल्याइदै गरेको बताइएको छ ।हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेर आतंक मच्चाउँदै आएको मनोज पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको हो ।
प्रहरीका एक सईको कमाण्डमा विशेष टोली पुनलाई नियन्त्रणमा लिन उसलाई भेटिने सम्भावित ठाउँहरुको पहिचान गर्दै करिव ३ महिनादेखि भारतमा रहेको थियो।
बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न रहेको पुन समुहले काठमाडौं समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा लिएको थियो। त्यस्तै दुई महिना अगाडी काठ व्यवसायी तथा यूवा संघका नेता वसन्त पौडेल बल्लुलाई हत्या गरेको थियो भने यूवा संघकै दुर्गा तिवारीलाई पनि केही समय अघि हत्या गरेको थियो ।

Related