पोखराको नागढुंगामा शंकास्पद बस्तु भेटियो , सेनाद्धारा डिस्पोज गर्दै
/८ फाल्गुन २०७४, मंगलवार ०५:३३ , प्रकाशीत
पोखरा, फागुन ८ । पोखरा लेखनाथ महानगरपालिकाको नागढुंगामा शंकास्पद बस्तु भेटिएको छ । निलो रंगको जेब्रा झोलाभित्र तारले बेरको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो ।
घटनास्थलमा प्रहरी र स्थानीयको भीडलागेको छ । सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको नेपाल बन्दका क्रममा तर्साउनका लागि मुलुकका विभिन्न ठाउँमा बम राखिएको छ ।
पोखरामा राखिएको शंकास्पद वस्तु पनि नेकपा विप्लवले राखेको आशङ्का गरिएको छ । यो वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । स्थानीयमा त्रास छाएको छ । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।

Related