पोखराको बिजयपुरमा बम बिष्फोटबाट पत्रकार पाण्डे सहित प्रहरी घाईते,बिष्फोट भर्सना
तपाईको प्रतिक्रिया





पोखरा, फागुन ८ । पोखराको बिजयपुर खोलामा टाईम बम बिष्फोट हुदा पड्किदा पत्रकार घनश्याम पाण्डे सहित एक प्रहरी घाईते भएका छन् । पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण पनि घाईते भएका छन्। घाइते हुनेमा गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्ड र प्रहरी हवल्दार कुलबहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी खड्क बहादुर खत्रीका अनुसार घाइतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेकोछ। पत्रकार पाण्डेको टाउकोमा लागेको बमको छर्रा निकालिएकोछ। घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएकोछ।
शंकास्पद बस्तु फेलापरे पछि रिपोर्टिङकोलागि त्यहाँ पुगेका पत्रकार पाण्डे र बमराखिएको स्थलको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कुलबहादुर खत्री अकस्मात विष्फोट भएपछि घाइते भएका थिए। त्यसअघि पोखराको नागढुंगाबाट फेवा सिटी अस्पताल जाने चोकमा भेटिएको बम पनी नेपाली सेनाको कालिभञ्जन गण एयरपोर्टको टोलीले निस्कृय पारेको थियो। बिहान ९ः३० बजे चोकको सडक पेटीमा व्यवरिसे अवस्थामा जेव्राझोला देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सुरुमा प्रहरी पुगेको र लगत्तै सेनालाई खबर गरेपछि विहान ११ बजे सेनाले जेव्रा झोला भित्र रखिएको टिफिन बम निस्कृय पारेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । संकास्पद् बस्तु देखिएपछि स्थानीय त्रसित बनेका थिए । सेनाले उक्त बम निस्कृय पार्दा ठूलो आवाज आएको स्थानीयले जानकारी दिए।
बम कसले राख्यो भन्ने पुष्टि नभएपनि आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै बन्दको घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको हुन सक्ने प्रहरी अनुमान छ । बन्दको प्रभाव मंगलबार पोखरामा पनि परेको देखिएको छ । बन्दकर्ताहरु सडकमा नदेखिएपनि सार्वजनिक यातायातका साधन, उद्योग कलकारखाना, विद्यालय र पेसा व्यवसाय सञ्चालनमा आउन सकेन। निजी सवारी भने सञ्चालनमा आएका थिए।
विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगर डिस्पोजगरेको थियो। तर, बिजयपुरमा भने सेना नपुग्दै बम बिष्फोट भएको थियो।
निन्दा र भर्सना
समाचार संकलनको क्रममा पत्रकार घनश्याम पाण्डे बिष्फोटमा परी घाइते भएपछि कास्कीमा रहेका विभिन्न सञ्चारसंग आवद्ध संघ सस्थाहरुले प्रेसविज्ञप्ती जारी गर्दै घट्नाको घोर निन्दा र भर्सना गरेका छन्।
आम नागरिकले निर्धक्क भएर स्वतन्त्रता पुर्वक हिड्न पाउनु पर्ने अधिकार सुरक्षित हुँदाहुँदै आतंकित पार्ने उद्धेश्यले बम राखिएको भन्दै नेपाल पत्रकार महासंघ कास्कीले बिज्ञप्तीजारीगरी बिरोध जनाएकोछ। ‘नागरिकले निर्धक्क भएर स्वतन्त्रता पुर्वक हिड्डुल गर्न पाउनु पर्ने अधिकार सुरक्षित हुँदाहुँदै आतंकित पार्ने उद्धेश्यले बम राखिएको भन्दै महासंघले खेद व्यक्त गर्दै घोर निन्दा एवं भत्र्सना गर्दछ।’ बिज्ञप्तीमा उल्लेखछ। ‘महासंघ यस घटनाले स्वतन्त्र प्रेस माथीकै आक्रमण भएको ठहर गर्दछ।’
‘सार्वजनीक स्थानमा वम राखी आतंक सृजना गर्ने वन्दकरर्ता (नेकपा विप्लव ) समूहलाई आगामी दिनमा यस्ता घटना नदोहो¥याउन आग्रह गर्दै घटनामा संलग्न हुनेलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कार्वाही गर्न प्रशासन सँग माग गरेकोछ। साथै घाईतेको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछौं।, अध्यक्ष दिपेन्द्र श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनीएकोछ।’
त्यसैगरी प्रस युनीयन, प्रेसचौतारी, प्रेस सेन्टर,अनलाइन पत्रकार संघ कास्की लगायतका संघ संस्थाहरुले बिज्ञप्ती जारी गर्दै घट्नाको बिरोध गरेका छन्।
Related