• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा बम बिष्फोट गराउने तीन जना पक्राउ

  •      /९ फाल्गुन २०७४, बुधबार १२:१७ ,  प्रकाशीत
  • पोखरा । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले मंगलवार घोषणा गरेको नेपाल बन्दका क्रममा पोखराका विभिन्न ४ स्थानमा बम बिष्फोट गराउने तीन जना पक्राउ परेका छन् ।
    पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १४ बिजयपुर पुल नजिक प्रेसर कुकर बम राखेको जानकारी पाएपछि रिपोटिङ्गको लागि पुगेका पत्रकार घनस्याम पाण्डे र सुरक्षार्थ खटिएका प्रहरी जवान कुल बहादुर खत्री प्रेसर कुकर बमबिष्फोटको छार्रा लागेर घाइते भएका थिए। अहिले उनीहरु पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराई रहेका छन्।
    जिल्ला प्रहरी कार्यलय कास्कीले बम बिष्फोट गराएको आरोपमा पोखरा महानगरपालिका ३१ बस्ने नेपाल कप्युनिष्ट पार्टी बिप्लव समूहका जनसरकार प्रमुख ५८ बर्षिय जगन भन्ने नन्द प्रसाद तिवारी, पोखरा १८ सराङकोटका अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका जिल्ला अध्यक्ष ६५ बर्षिय पुष्प कार्की र पोखरा २५ नयाँगाउँ बस्ने अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका वर्ष ४० बर्षिय खड्क बहादुर राईलाई पक्राउ गरेको हो।
    बम बिष्फोट गराएको आरोपमा पक्राउपरेका उनीहरुलाई बिष्फोटक पदार्थ तथा हतियार खरखजनामा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.