बेनी । लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि १ को तेस्रो क्याबिनेट बैठक म्याग्दीमा हुने भएको छ । फागुन ११ गते गलेश्वरमा प्रिक्याबिनेट र १२ गते बेनीमा हुने क्याबिनेट बैठकको लागि म्याग्दीमा रहेका लायन्स क्लबहरुले तयारीलाई तिब्रता दिएका छन् । बैठकको तयारीका लागि डिष्टकका कोचिफ एडभाइरज चन्द्रकुमार केसीको संयोजकत्वमा समिति गठन भएको छ ।
उक्त समितिले बिहीबार जनप्रतिनिधि, सुरक्षा अधिकारी, बेनी, दरवाङ र पर्वत बेनीमा क्रियाशिल लायन्स क्लबका पदाधीकारी र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसंग छलफल गरेको छ ।
११ गते दिउँसो ३ बजे गलेश्वरमा उद्घाटन हुने बैठक १२ गते दिउँसो २ बजे बेनीको खुल्ला मञ्चमा क्याविनेट बैठकको समापन गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा प्रदेश न. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथी रहनुहुने आयोजकले जनाएको छ ।
बैठकमा लायन्स क्लबको ३२५ बि १ नेपालको डिस्ट्रीक्ट अन्तरगत रहेका कल्वहरुमा आवद्ध करिब दुई हजार जना सहभागी हुने संयोजक केसीले बताए। यो कार्यक्रमले म्याग्दीको प्रचारप्रसार र पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
बैठकमा सहभागीहरुले शनिबार बिहान बेनीमा प्रभातफेरी गर्ने कार्यक्रम छ । उनिहरुलाई स्थानीय संघ संस्थाबाट स्वागत गरिनेछ । सरोकारवालाहरुसंग समन्वय, आवास व्यवस्थापन, कार्यक्रम स्थल निर्माण लगायतका तयारी तिब्रताका साथ अघि बढेको छ ।
लायन्स क्लबका सिनियर एओजी सन्तोष रावलका्े संयोजनमा भएको छलफलमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रजिअ कृष्णप्रसाद अधिकारी, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का लगायतले बैठकलाई सफल बनाउनु सबैको दायीत्व भएको बताए।
अन्तराष्ट्रिय स्वमसेवी सामाजिक संस्थाको रुपमा रहेको लायन्स कल्वले नेपालमा विपद् व्यवस्थापन, राहत, निशूल्क आँखा शिवीर सञ्चालन लगायतका काम गर्दै आएको छ ।

Related