नवौँ क्यान इन्फोटेकमा कुपन नं. २८९०८१३ लाई ल्यापटप उपहार
/९ फाल्गुन २०७४, बुधबार १५:५१ , प्रकाशीत
पोखरा, ९ फागुन । कम्प्युटर एसोएिसन नेपाल (क्यान) महासंघ कास्की शाखाले पोखरामा आयोजना गरेको नवौं क्यान इन्फोटेक सम्पन्न भएको छ । फागुन ४ गते सुरु इन्फोटेक ५ दिनसम्म चलेको थियो ।
गलवार एक कार्यक्रमका बीच प्रमुख अतिथि प्रदेश सांसद राजिव पहारीले इन्फोटेकको समापन गरे । कार्यक्रममा बोल्दै पहारीले सूचना तथा प्रविधिको विकास अनिवार्य आवश्यकता भएको बताए । सूचना तथा प्रविधि क्षेत्रमा क्यान कास्कीको सक्रियता प्रशंसनीय रहेको उनको भनाइ छ ।
क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा आयोजित समापन कार्यक्रममा बोल्दै क्यान केन्द्रका सचिव तथा कास्कीका संस्थापक अध्यक्ष जगन गुरुङले क्यान इन्फोटेकले सूचना तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । क्यान प्रदेश ४ का अध्यक्ष चिन्तामणि बास्तोलाले इन्फोटेकलाई समय अनुसार परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।
यसैबीच इन्फोटेकमा प्रवेश गर्ने भाग्यमानी एक जना दर्शकलाई ल्यापटप उपहार परेको छ । लक्की ड्रका आधारमा कुपन नं. २८९०८१३ का दर्शकले ल्यापटप उपहार जितेका छन् । ल्यापटपलाई पाण्डे कम्प्युटरले स्पोन्सर गरेको हो । उक्त कुपनका दर्शकलाई क्यानको सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । अपेक्षा अनुसार क्यान इन्फोटेक सफल भएको अध्यक्ष पौडेलले बताए ।

Related