पोखरा । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले मंगलवार घोषणा गरेको नेपाल बन्दका क्रममा पोखराका विभिन्न ४ स्थानमा बम बिष्फोट गराउने तीन जना पक्राउ परेका छन् ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १४ बिजयपुर पुल नजिक प्रेसर कुकर बम राखेको जानकारी पाएपछि रिपोटिङ्गको लागि पुगेका पत्रकार घनस्याम पाण्डे र सुरक्षार्थ खटिएका प्रहरी जवान कुल बहादुर खत्री प्रेसर कुकर बमबिष्फोटको छार्रा लागेर घाइते भएका थिए। अहिले उनीहरु पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराई रहेका छन्।
जिल्ला प्रहरी कार्यलय कास्कीले बम बिष्फोट गराएको आरोपमा पोखरा महानगरपालिका ३१ बस्ने नेपाल कप्युनिष्ट पार्टी बिप्लव समूहका जनसरकार प्रमुख ५८ बर्षिय जगन भन्ने नन्द प्रसाद तिवारी, पोखरा १८ सराङकोटका अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका जिल्ला अध्यक्ष ६५ बर्षिय पुष्प कार्की र पोखरा २५ नयाँगाउँ बस्ने अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका वर्ष ४० बर्षिय खड्क बहादुर राईलाई पक्राउ गरेको हो।
बम बिष्फोट गराएको आरोपमा पक्राउपरेका उनीहरुलाई बिष्फोटक पदार्थ तथा हतियार खरखजनामा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related