• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रहरी ईन्काउन्टरमा मारिए कुख्यात गुण्डा मनोज पुन र सोम आले

  •      /९ फाल्गुन २०७४, बुधबार ०२:४३ ,  प्रकाशीत
  • काठमाडौं । बिगत ३ बर्षदेखी पश्चिमी क्षेत्र लगाएत राजधानीमा समेत आतंक फैलाउँदै आएका गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । 
    बुधवार बिहान प्रहरीको कारवाहीमा रुपन्देहीको देवदहमा उनी मारिएका हुन्। पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीको जवाफी फाईरिङमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार देवहद नगरपालिका ४  भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोज्ने क्रममा उनी मारिएका हुन्। उनीसँगै उनका सहयोगी सुटर सोमबहादुर आले पनि मारिएका छन् । 
     
    घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिको थियो, उपचारकै क्रममा उनको मृत्यु भएको एसपी ज्ञवालीले जनाएका छन् ।  उनीहरु दुबै जनाको शव अहिले लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ।
     
    सिआइबीको टोलीले मनोज पुनको समूह नेपालमै लुकिछिपि बसेको सूचना दिएपछि रूपन्देही प्रहरीले सम्भावित ठाउँको खोजि गर्दै जाँदा बुधबार बिहान फेला पारेको एसपी ज्ञवालीको दाबी छ ।  
     
    अपराधका लागि मिटिङ गरिरहेको स्थानमा उनी भेटिएको प्रहरीको दाबी छ । एसपी ज्ञवालीका अनुसार मनोज पुन कुनै गम्भीर घटना गराउनको लागि नेपाल आएको अनुमान प्रहरीको छ ।  उनीहरुको साथबाट प्रहरीले पेस्तोलसमत फेला पारेको छ ।  पुन विगत ३ वर्षदेखि प्रहरीको मोष्ट वान्टेड सूचीमा थिए।
     
    गत वर्ष देवदहमा भएको युवा संघका नेता दुर्गा तिवारीको हत्याको मुख्य आरोपी पुनको असोजमा काठमाडौंमा व्यवसायी शरद कुमार गौचनको हत्यामा पनि शंलग्नता रहेको प्रहरीले जनाएको छ । गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए। व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउदै आएका थिए।
     
    ३० बर्षिय मनोज पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ निवासी हुन् । उनको वास्तविक नाम मनोज बुढामगर हो । उनी कुनै बेला नेकपा एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष थिए ।
     
    संगठनमा रहँदा पनि उनले गुण्डागर्दी गर्ने, फिरौती माग्ने तथा धम्काउने जस्ता कामलाई निरन्तरता दिँदै आएको बताइन्छ । उनी साना साना अपराध गर्दा गर्दै देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा समेत संलग्न हुन थालेका थिए ।
     
    उनी फिरौती माग्ने, गुण्डागर्दी गर्ने जस्ता गतिविधिका साथै गैरकानुनी काम गरेको अरोपमा युथ फोर्सको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका थिए। पुनले पार्टीबाट अलग भएपछि पूर्णकालीन आपराधिक क्रियाकलाप सुरु गरेको प्रहरी बताउँछ ।
     
    उनी युथफोर्स गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष थिए। त्यसअघि र पछि उनी देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न थिए। माओवादीका संगठित सदस्य देवदहकै शालिकराम चापागाईं लगायतसँग मिलेर उनले देवदह क्षेत्रमा सानातिना ठेक्कापट्टाको काम गर्थे। Apradkhabar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.