बम बिष्फोटमा परी घाइते भएका पत्रकार पाण्डेको स्वास्थ्य अवस्था बुझ्न मन्त्री अस्पतालमा
तपाईको प्रतिक्रिया





पोखरा । प्रदेश नं. ४ का उद्योग,वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले समाचार संकलनका क्रममा घाईते भएका पत्रकार घनश्याम पाण्डेको अस्पतालमा भेटेर स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दका क्रममा पोखराको विजयपुर खोला पुल नजिकै भएको टाइम बम विफोस्टनमा घाइते भई पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार गराई रहेका पत्रकार पाण्येको स्वास्थ्य अवस्था र उपचारकाबारे उनले जानकारी लिएका हुन्।
रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पाण्डेको बम विष्पोटन हुँदा दाहिनेपट्टि टाँउको र घाँटीमा चोट लागेकोछ । उनको स्वास्थ्य स्थित सामान्य रहेको अस्पतालले जनाएकोछ ।
Related