• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्सको तेस्रो क्याबिनेट बैठक बेनीमा हुदैं

  •      /९ फाल्गुन २०७४, बुधबार १५:२६ ,  प्रकाशीत
  • बेनी । लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि १ को तेस्रो क्याबिनेट बैठक म्याग्दीमा हुने भएको छ । फागुन ११ गते गलेश्वरमा प्रिक्याबिनेट र १२ गते बेनीमा हुने क्याबिनेट बैठकको लागि म्याग्दीमा रहेका लायन्स क्लबहरुले तयारीलाई तिब्रता दिएका छन् । बैठकको तयारीका लागि डिष्टकका कोचिफ एडभाइरज चन्द्रकुमार केसीको संयोजकत्वमा समिति गठन भएको छ ।
    उक्त समितिले बिहीबार जनप्रतिनिधि, सुरक्षा अधिकारी, बेनी, दरवाङ र पर्वत बेनीमा क्रियाशिल लायन्स क्लबका पदाधीकारी र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसंग छलफल गरेको छ ।
    ११ गते दिउँसो ३ बजे गलेश्वरमा उद्घाटन हुने बैठक १२ गते दिउँसो २ बजे बेनीको खुल्ला मञ्चमा क्याविनेट बैठकको समापन गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा प्रदेश न. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथी रहनुहुने आयोजकले जनाएको छ ।

    बैठकमा लायन्स क्लबको ३२५ बि १ नेपालको डिस्ट्रीक्ट अन्तरगत रहेका कल्वहरुमा आवद्ध करिब दुई हजार जना सहभागी हुने संयोजक केसीले बताए। यो कार्यक्रमले म्याग्दीको प्रचारप्रसार र पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
    बैठकमा सहभागीहरुले शनिबार बिहान बेनीमा प्रभातफेरी गर्ने कार्यक्रम छ । उनिहरुलाई स्थानीय संघ संस्थाबाट स्वागत गरिनेछ । सरोकारवालाहरुसंग समन्वय, आवास व्यवस्थापन, कार्यक्रम स्थल निर्माण लगायतका तयारी तिब्रताका साथ अघि बढेको छ ।
    लायन्स क्लबका सिनियर एओजी सन्तोष रावलका्े संयोजनमा भएको छलफलमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रजिअ कृष्णप्रसाद अधिकारी, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का लगायतले बैठकलाई सफल बनाउनु सबैको दायीत्व भएको बताए।
    अन्तराष्ट्रिय स्वमसेवी सामाजिक संस्थाको रुपमा रहेको लायन्स कल्वले नेपालमा विपद् व्यवस्थापन, राहत, निशूल्क आँखा शिवीर सञ्चालन लगायतका काम गर्दै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.