• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राजनीतिज्ञ र कर्मचारीलाई रवीको सिधाकुराः ‘टाउको तपाइको भ्रमणले होइन भुकम्प पीडितको घर नठडिएकोले दुखेको हो’

  •      /१० फाल्गुन २०७४, बिहीबार १६:१७ ,  प्रकाशीत
  • राजनीतिज्ञ र कर्मचारीको विदेश भ्रमणमा राज्य कोषको करोडौ खर्च हुन्छ । विदेश जानै नहुने त होइन तर विदेश कति जना, केका लागि, कति समयलाई जाने र गएर आएपछि के गर्ने भन्ने कुरा महत्वपुर्ण हुन्छ ।

    केही समय अगाडिको मात्र उदाहरण दिऊ । गत माघमा पुनः निमार्ण प्राधिकरणका ९५ जना कर्मचारी विदेश भम्रण गए । सो महिनामा मात्रै विदेश भ्रमणका नाममा राज्यकोषको २ करोड ७० लाख खर्च भएको छ ।

    यता करिब साढे ६ लाख भुकम्प पीडितहरु अझै जस्ता र टहरामा कष्टप्रद जीवन बाँचिरहेका छन् । कर्मचारीहरु थाइल्याण्ड, पिलीपीन्स, इण्डोनिसीया गएका थिए । यि देशहरुमा सुमद्रि आँधी सुनामी बाट बच्ने उपाय बारे अध्ययन गर्न कर्मचारीहरुलाई विदेश लगिएको हो ।

    सुनामी र त्यसको प्रभावबारेको अध्ययन भ्रमण हामीलाई किन चाहियो ? समुद्र नै नभएको देशका कर्मचारी समुद्रि आँधीको असर र त्यसपछिको पुन निमार्णबारे अध्ययन गर्न जानु एउटा गतिलो मजाक बाहेक के हुन सक्ला ?

    जहाजमा सरर उड्ने बेलामा लाखौँ भुकम्प पीडितको याद आयो कि आएन होला ? विदेश भ्रमणलाई अझै पनि पाएको सुविधाका रुपमा उपयोग र उपभोग गर्ने परिपाटी कायम छ ।

    पाएको सुविधा किन छोड्ने भन्ने मानसकिता आाँफैमा दरिद्र मानसकिता हो । विकसित देशका भ्रमणबाट धेरैकुरा सिक्न सकिन्छ तर उपलब्धिका नाममा गगन चुम्बी भवन अगाडि सुट टाइमा स्र्पोट सुज लगाएका केही थान फोटाहरु मात्र स्वदेश भित्रिएकोमा आपत्ती जनाएको मात्रै हो ।

    विदेश भम्रण आँफैको सुनौलो अवसर हो तर व्यक्तिलाई होइन देशलाई फाइदा दिलाउन सके मात्र । आँफुले देखेका, सिकेका कुरालाई फर्केर आफ्नो कार्यालयमा र आफ्नो काममा लगाउन सकिन्छ, मजाले सकिन्छ ।

    कतिपय देशका विकास र सिष्टम आश्चार्य चकित पर्ने गरी राम्रा छन् । जसको केही अंश आफ्नो देशमा भित्राउन सकिन्छ । तर युरोप अमेरीका भ्रमण गरेर के सिक्नु भने भन्दा त्यहाँ त बच्चा बच्चाले अंग्रेजी बोल्दा रहेछन् भनेरै अचच्ममा पर्नु बाहेक केही गर्न नसक्नेहरुको विदेश भ्रमण चाही वेस्ट अफ टाइम, वेस्ट अफ मनी र वोस्ट अफ एभ्री थिङ हो ।

    हाम्रो विदेश भ्रमणमा यस्को टाउको किन दुख्या होला भन्ने पनि धेरैलाई लाग्दो हो । टाउको तपाइको भ्रमणले होइन भुकम्प पीडितको घर नठडिएकोले दुखेको हो । जसको नाममा विदेश भ्रमण र बिलासी जीवन बाँचिरहनु भएको छ कम्तीमा उसको घर त ठडियोस् ।

    प्राधिकरणको सिइओ होइन जनताको भाग्य फेरौँ । भुकम्प पीडित चिसोमा बर्षौ मरिरहने तर हाकीम साबहरु भुकम्प पीडितकै नाममा विदेशी दारु चियर्स गरिरहने ।news 24

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.