काठमाडौं । ‘मोस्ट वान्टेड’ रहेका एक अन्तर्राष्ट्रिय अपराधी पोखरामा पक्राउ परेका छन् । लागूऔषध र ठगी मुद्दामा फरार रहेका अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेका दक्षिण कोरियन नागरिक सिउङ्ग वोन लीलाई नेपाल प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ।
लीलाई विभागले कोरिया फिर्ता (डिपोट) गर्ने तयारी गरेको छ। उनलाई लिन शुक्रबार दक्षिण कोरियाबाट ३ प्रहरी नेपाल आउँदैछन्।
उनी इन्टरनेटमार्फत लाखौं डलर ठगीमा पनि संलग्न रहेको प्रहरी स्रोत बताउँछ । कोरियन प्रहरीले पनि प्राथमिकतामा राखेर उनको खोजी गरिरहेको थियो ।
ली गत ८ जनवरीमा नेपाल आएका थिए । उनी नेपाल आएलगत्तै एसिबी (नेसनल सेन्ट्रल ब्युरो)–काठमाडौंले सूचना पाएको थियो । करिब एक महिनासम्म उनले प्रहरीलाई झुक्याएका थिए ।
प्रदेश ४ को प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पक्राउ गरेको हो।
लागूऔषध मुद्दामा अदालतले १० वर्ष कैद सजाय सुनाएका उनी हङकङ र कम्बोडियामा समेत फरार व्यक्ति हुन् । पोखराको लेकसाइडस्थित न्यु फ्रेन्ड्ली होम होटलमा उनलाई प्रहरीले पक्राउ गरेको हो । एम २५११२९९ नम्बरको पासपोर्ट लिएर उनी नेपाल आएका थिए।

Related