• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश प्रमुख कुँवर र सांसदलाई बारको सम्मान

  •      /१० फाल्गुन २०७४, बिहीबार १५:१५ ,  प्रकाशीत
  • पोखरा । उच्च अदालत बार एशोसिएसन पोखरा र कास्की जिल्ला बार एशोसिएसनले संयुक्त रुपमा प्रदेश ४ का प्रमुख बाबुराम कुँवर सहित प्रदेश सभाका दूई सांसद बिन्दुकुमार थापा र राजीव पहारीलाई स्वागत तथा सम्मान गरेको छ। बिहीबार पोखरा उच्च अदालत बार एशोसिएसनको सभाहलमा भएको कार्यक्रममा उच्च बारका अध्यक्ष दयाराम गौतम र जिल्ला बारका अध्यक्ष सोम श्रेष्ठले उनीहरुलाई स्वागत तथा सम्मान गरेका थिए।
    प्रदेश ४ का प्रमुख कुँवर नेपाल बारका सदस्य हुन् भने सांसद थापा र पहारी उच्च बार एशोसिएसनका सदस्य हुन् । कानुनी क्षेत्रबाट आएका प्रदेश प्रमुख कुँवर र सांसद द्धयलाई सम्मान गर्न पाउँदा कानुन व्यवसायीको गरिमा बढेको पोखरा उच्च बारका अध्यक्ष दयाराम गौतमले बताए। ‘कानुनी क्षेत्रका सहयात्रीहरुले महत्वपूर्ण जिम्मेवारी सम्हालेकोमा हाम्रो गरिमा बढेको छ’ उनले भने। ‘महत्वपूर्ण जिम्मेवारी संगै ब्यवसायीक महिमा र गरिमा बढेकोछ।’
    कार्यक्रममा प्रदेश प्रमुख कुँवरले संविधानमा उल्लेख भएअनुरुप प्रदेशमा थुप्रै कानुन निर्माण गर्नुपर्ने अवस्था रहेकोले विधायकहरुले भूगोल हेरेर कानून निर्माण गर्नुपर्ने बताए। उनले संघीयताको संस्थागत विकासका लागि बार जस्ता सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताए । ‘कानुन ब्यवसायी र सरोकारवाला निकायहरुको संघियताकोे सफल कार्यान्वयनको लागि सहयोग आवस्यक छ’उनले भने।‘राष्ट्रिय स्वाधीनता, जनसेवी र राजश्व मैत्री लगायत कानुन निर्माण गर्नुपर्नेछ।’
    उनले समाजमा कानुनी राज्य सहता र सर्वसुलभता कायमगरी आदर्शसमाज निर्माणका लागि सहयोगीको भूमिका निर्वाह गर्न कानून व्यवसायीलाई आग्रह गरे ।
    सांसद बिन्दुकुमार थापाले विकासका लागि दल र पार्टी भन्दा माथि उठेर कानून बनाउने तर्फ लाग्नुपर्ने बताए। उनले पार्टीगत स्वार्थ भन्दा माथि उठेर समग्र प्रदेशको बिकास र कानुन निर्माणको काममा सहकार्य गर्न आवस्यक रहेको बताए।
    सांसद राजीव पहारीले प्रदेश ४ लाई समृद्धि र नमूना प्रदेश बनाउन आवस्यक कानुन निर्माण गर्न सवै एकजुट हुनु पर्ने बताए । ‘सवैको सहकार्य र सहयोगबाट मात्र कानुन निर्माण एवं पूर्वाधार बिकासको सम्भवछ’ उनले भने।
    कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, हरि सुवेदी, काउन्सिलका सदस्य मोहननाथ कोइराला, बारका पूर्व अध्यक्ष खगेन्द्रराज आचार्य, अधिवक्ता कृष्णकुमारी गुरुङ, जिल्ला बारका अध्यक्ष सोम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.