• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा समातिए कोरियाका ‘मोस्ट वान्टेड’ ली

  •      /१० फाल्गुन २०७४, बिहीबार १६:२१ ,  प्रकाशीत
  • काठमाडौं । ‘मोस्ट वान्टेड’ रहेका एक अन्तर्राष्ट्रिय अपराधी पोखरामा पक्राउ परेका छन् । लागूऔषध र ठगी मुद्दामा फरार रहेका अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेका दक्षिण कोरियन नागरिक सिउङ्ग वोन लीलाई नेपाल प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ।

    लीलाई विभागले कोरिया फिर्ता (डिपोट) गर्ने तयारी गरेको छ। उनलाई लिन शुक्रबार दक्षिण कोरियाबाट ३ प्रहरी नेपाल आउँदैछन्।

    उनी इन्टरनेटमार्फत लाखौं डलर ठगीमा पनि संलग्न रहेको प्रहरी स्रोत बताउँछ । कोरियन प्रहरीले पनि प्राथमिकतामा राखेर उनको खोजी गरिरहेको थियो ।

    ली गत ८ जनवरीमा नेपाल आएका थिए । उनी नेपाल आएलगत्तै एसिबी (नेसनल सेन्ट्रल ब्युरो)–काठमाडौंले सूचना पाएको थियो । करिब एक महिनासम्म उनले प्रहरीलाई झुक्याएका थिए ।

    प्रदेश ४ को प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पक्राउ गरेको हो।

    लागूऔषध मुद्दामा अदालतले १० वर्ष कैद सजाय सुनाएका उनी हङकङ र कम्बोडियामा समेत फरार व्यक्ति हुन् । पोखराको लेकसाइडस्थित न्यु फ्रेन्ड्ली होम होटलमा उनलाई प्रहरीले पक्राउ गरेको हो । एम २५११२९९ नम्बरको पासपोर्ट लिएर उनी नेपाल आएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखरामा ब्यवसायीमाथि हातपात गरेको आरोपमा वडाअध्यक्ष पराजुली पक्राउ
    पुर्नस्थापना गर्न माग गर्दै कुलमानद्वारा सर्वोच्चमा रिट दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.