• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिकास र समृद्धीको खाका कोर्दै प्रदेश सरकार

  •      /११ फाल्गुन २०७४, शुक्रबार ०४:१८ ,  प्रकाशीत
  • पोखरा । प्रदेश–४ मा मुख्यमन्त्रीको निर्वाचनसँगै विस्तार गरिएको चार सदस्यीय मन्त्रिपरिषद्को दोस्रो बैठकले प्रदेश सरकार सञ्चालनका लागि कानुन, कार्यविधि र योजना तयार पार्न पाँच वटा छुट्टाछुट्टै समिति गठन गरेको छ । बैठकले प्रदेश सरकारलाई गति दिन कानुन मस्यौदा समिति, पूर्वाधार विकास समिति, पूर्वाधार विकास तथा योजना विकास बैंक समिति, प्रादेशिक विकास एवं सुशासन प्रवद्र्धन समिति र प्रदेश मन्त्रिपरिषद्का सदस्यहरूको आचारसंहिता निर्माण समिति गठन गरेको हो ।

    दोस्रो क्याबिनेट बैठकले संविधानले प्रदेश सरकारलाई दिएको अधिकारभित्र रही प्रादेशिक कानुन बनाउन चार सदस्यीय कानुन मस्यौदा समिति गठन गरेको छ ।समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान रहेका छन् । चुमान संयोजकत्वको उक्त समितिमा सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेका छन् ।

    समितिले प्रदेशलाई चाहिने कानुन, आर्थिक ऐन, पेस्की खर्च ऐनलगायत कानुनको प्रारुप तयार पार्नेछ । फागुन मसान्तसम्म यो समितिले मस्यौदाको खाका तयार पारेर अन्तिम रूप दिनेछ । संविधानको अनुसूची ६ तथा संविधानका विभिन्न धारामा प्रदेश सरकारको अधिकारको व्यवस्था गरिएको छ । संविधानमा उल्लिखित अधिकार बमोजिम तत्काल आवश्यक पर्ने कानुन निर्माण गर्नका लागि मस्यौदा समिति गठन गरिएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा प्रादेशिक विकास एवं सुशासन प्रवद्र्धन समिति मन्त्रिपरिषद्ले गठन गरेको छ ।

    मुख्यमन्त्री गुरुङको नेतृत्वमा बनेको यो समितिले पाँच वर्षे विकासको आवधिक योजना तयार पार्नेछ । यस समितिले पाँच वर्षभित्रमा सम्पन्न गर्न सकिने योजना र खाका तयार पार्नेछ । प्रदेश बजेटको स्रोतको अनुगमन, विकास आयोजनाको कार्यान्वयन, समन्वय र सहजीकरणसहित स्थानीय तहबाट सञ्चालित आयोजना, प्रदेशस्तरको गौरवका आयोजनाको पहिचान तथा योजनाको खाका तयार पार्नेछ । समितिको सदस्यमा सातै मन्त्रालयका सचिव र सदस्यसचिव प्रदेशका प्रमुख सचिव लक्ष्मणप्रसाद अर्याल छन् ।प्रदेशमा मन्त्रालयको व्यवस्थापन र भौतिक संरचनाको स्थायी व्यवस्थापनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद ढकालको संयोजकत्वमा समिति बनाइएको छ ।

    यस समितिमा सातै मन्त्रालयका सचिव सदस्यका रूपमा रहेका छन् । समितिले प्रादेशिक संरचना कहाँ बनाउने, कस्तो बनाउने, पदाधिकारीको निवासको आधार र प्रारूप तयार पार्नेछ । एक महिनाभित्र समितिले खाका निकाल्नेछ । प्रदेश मन्त्रिपरिषद्का सदस्यहरूको आचारसंहिता बनाउन समिति गठन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामसरण बस्नेतको नेतृत्वमा समिति गठन गरेको हो । मन्त्रिपरिषद्का सदस्यले गर्ने कार्य र गर्न नहुने कार्यहरूलाई लिपिबद्धगरी समितिले प्रतिवेदन तयार गर्नेछ । यसलाई मन्त्रीहरूको कोर्ड अफ इथिक्सका रूपमा प्रयोगमा ल्याइनेछ ।

    प्रदेशको विकास कार्यक्रम तथा योजनालाई प्रभावकारी बनाउन अर्को समिति गठन भएको छ । यो समितिले प्रादेशिक कार्यक्रम तथा योजनालाई मूल्यांकन गर्नेछ । प्रदेशमा कति र के के योजना सञ्चालनमा छन्, कुन योजनाको चरण र अवस्था कस्तो छ भन्ने लेखाजोखा गरेर फागुनभित्र विवरण पेस गर्नेेछ । समितिको संयोजक आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद ढकाल छन् । समितिको सदस्यमा भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था तथा कृषि सहकारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव छन् । गठित समितिका संयोजक र सदस्यहरूले आफ्नो समितिलाई तोकिएको जिम्मेवारी पूरा गर्न कार्य प्रारम्भ गरिसकेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.