• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीका प्रहरी प्रमुख अशोक सिंहसंग बदला लिने सुरमा मनाङ्गे

  •      /११ फाल्गुन २०७४, शुक्रबार ११:५४ ,  प्रकाशीत
  • काठमाडौं । चौध वर्षअघि नयाँबजारस्थित प्रहरी कार्यालयमा इञ्चार्ज रहेका प्रहरी उपरिक्षक अशोक सिंहविरुद्ध राजीव गुरुङ उर्फ दीपक मनाङेले समीर गुरुङ नामक आफ्ना एक सहयोगीमार्फत उजुरी दर्ता गराएका छन् । २०६१ सालमा अशोक सिंह नयाँबजार थानाको इन्चार्ज भएर गएपछि उनले गुण्डागर्दी र अपराध नियन्त्रण गर्ने क्रममा दीपक मनाङ्गेलाई गिरफ्तार गरी एक व्यक्तिको हत्या गराएको विषयमा मुद्दा चलाएको र त्यसबेला करिव अढाई वर्षसम्म मनाङ्गे थुनामा परेका थिए । त्यसबेला मनाङ्गेविरुद्ध ज्यान मार्ने उद्योगसहित दर्जनबढि मुद्दा चलाइएको थियो ।

    सिंहले त्यतिबेला चलाएको मुद्दाको आधारमा अदालतले राजीव गुरूङलाई दोषी ठहर गरी कैद सजाय गर्ने निर्णय सुनाएको र सोही निर्णयका कारण दीपक मनाङ्गे प्रदेशसभामा चुनाव जितेर पनि शपथ लिनबाट वञ्चित भई हाल फरार रहनु परेको छ । प्रहरी उपरिक्षक अशोक सिंह अहिले कास्की जिल्ला प्रहरी प्रमुख रहेका छन् । दीपक मनाङ्गे पनि प्रदेशसभा सदस्यका रूपमा सपथ लिन पोखरा जानुपर्ने थियो । तर, अदालतको पुरानो फैसला कार्यान्वयन गर्ने तत्परता प्रहरीले लिएपछि मनाङ्गे शपथ नै नलिई फरार भएका छन् ।

    यसरी अशोक सिंहका कारण आफ्नो भविष्य चौपट भएपछि मनाङ्गेले ठमेल पर्यटन बोर्डको अध्यक्षसमेत रहेका आफ्ना सहयोगी समीर गुरूङमार्फत प्रहरी प्रधान कार्यालयमा अनुचित ढङ्गले रकम असुली गर्ने गरेको भनी अनलाईन उजुरी पारेका छन् । गुरूङले २०६१ सालमा पनि पाँच हजारवटा दस्तखत भएको एक उजुरी तयार गरी राजदरबारमा दर्ता गराएका थिए । त्यसबेला सत्यतथ्य बुझेपछि दरबारले अशोक सिंहविरुद्ध कुनै कारबाही गर्नुनपर्ने ठहर गरेको थियो ।

    समीर गुरूङ दीपक मनाङ्गेका दाहिने हात मानिन्छन् र उनले पोखरास्थित ग्राण्ड होटलमा डिस्को पनि सञ्चालन गर्ने गर्दछन् । गुरूङले सोही डिस्को सञ्चालन गर्ने क्रममा अशोक सिंहलाई मासिक दश लाख रकम बुझाउने गरेको भनी उजुरी दिएको बुझिएको छ । कास्कीबाट अशोक सिंहलाई सरुवा नगराएसम्म आफू सुरक्षित रहन नसक्ने ठानेर एसपी सिंहका विरुद्ध उजुरी दिई कारवाही गराउन खोजेको बुझिएको छ । नौलो मिडियाबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.