• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा थालिएको सरसफाई अभियानले ९१ औं श्रृंखला पार ग¥यो

  •      /१२ फाल्गुन २०७४, शनिबार १४:१७ ,  प्रकाशीत
  • पोखरा। करिब, दुई बर्ष अघि थालिएको पोखराका सार्वजनिक स्थलहरुको सरसफाई अभियानले ९१ औं श्रृंखला पुरागरेकोछ। पोखरा क्षेत्रमा बढ्दो सहरिकरण संगै दैनिकरुपमा बढ्दो फोहर मैलालाई न्युनिकरण गर्ने र सार्वजनिक स्थल तथा पर्यटकीय स्थलहरुको सरसफाई गर्ने उदेस्यले अभियान सञ्चालन गरिएकोहो।
    ‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ सुरुगरिएको वृहत सफाइ अभियानको ९१ औं श्रृंखला पोखरा लेखनाथ महानगरपालिकाको सेती–याम्दी दोभानमा सम्पन्न भएको छ।
    सफाइ कार्यक्रममा झण्डै सात टन फोहोरमैला व्यवस्थापन गरिएको नागरिक अगुवा शशि तुलाचनले जानकारी दिइन्। ‘हामीले पोखराका सार्वजनिक स्थान र पर्यटकीय स्थलहरुमा थालेको सरसफाई अभियानमा पोखरेली जनता, विभिनन्न संघ संस्थाहरुले नियमित सहयोग गरेका छन्’ उनले भनिन्। ‘अभियानको उदेस्य सार्वजनिक स्थलहरुको फोहर ब्यवस्थापन गर्नु र जथाभावी फोहर फाल्न हुदैन भन्ने जनचेतना जगाउनु हो।’
    फोहोर मैला फाल्ने डम्पिङसाइट वन्दै गएको उक्त ठाँउमा पुनः फोहोरमैला हुन नदिन नियमित निगरानी र दण्डजरिवानाका लागि विशेष पहल गर्न महानगरपालिका, स्थानीय जनप्रतिनिधि एवं स्थानीय सामाजिक संघ संस्थालाई आग्रह गरिएको नगारिक अभियान्ता विष्णुहरि अधिकारीले जानकारी दिए।
    सरसफाइ अभियानमा नेपाल प्रहरी, शशस्त्र प्रहरी वल, मुक्तिनाथ विकास बैक, ओम डेभलपमेण्ट बैक, रेडियो हेमजा, सिद्धार्थ आमा समूह, पेमा छेल शाक्य गुम्बा, वालकल्याण आधारभूत विद्यालय, याम्दी टोल विकास संस्था, क्रान्ति टोल आमा समूह, महानगरपालिका अन्तर्गत फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारी, सामाजिक अभियान लगायत स्थानीय समुदायले ऐक्यबद्धता जनाएको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिए।
    सहभागिलाई जिल्ला प्रशाशन कार्यालय कास्कीका प्रशासकिय अधिकृत अनिलकुमार शाहिले सरसफाइ र राष्ट्रिय भावनाका साथ सफथ गराएका थिए भने वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र बरालले फोहोरमैला उठाएर कार्यक्रमको शुभारम्भ गरेका थिए। अर्को हप्ताको सफाइ अभियान वडा नं. १६ गोस्ते घाटमा हुने जनाइएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.