पोखरामा थालिएको सरसफाई अभियानले ९१ औं श्रृंखला पार ग¥यो
/१२ फाल्गुन २०७४, शनिबार १४:१७ , प्रकाशीत
पोखरा। करिब, दुई बर्ष अघि थालिएको पोखराका सार्वजनिक स्थलहरुको सरसफाई अभियानले ९१ औं श्रृंखला पुरागरेकोछ। पोखरा क्षेत्रमा बढ्दो सहरिकरण संगै दैनिकरुपमा बढ्दो फोहर मैलालाई न्युनिकरण गर्ने र सार्वजनिक स्थल तथा पर्यटकीय स्थलहरुको सरसफाई गर्ने उदेस्यले अभियान सञ्चालन गरिएकोहो।
‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ सुरुगरिएको वृहत सफाइ अभियानको ९१ औं श्रृंखला पोखरा लेखनाथ महानगरपालिकाको सेती–याम्दी दोभानमा सम्पन्न भएको छ।
सफाइ कार्यक्रममा झण्डै सात टन फोहोरमैला व्यवस्थापन गरिएको नागरिक अगुवा शशि तुलाचनले जानकारी दिइन्। ‘हामीले पोखराका सार्वजनिक स्थान र पर्यटकीय स्थलहरुमा थालेको सरसफाई अभियानमा पोखरेली जनता, विभिनन्न संघ संस्थाहरुले नियमित सहयोग गरेका छन्’ उनले भनिन्। ‘अभियानको उदेस्य सार्वजनिक स्थलहरुको फोहर ब्यवस्थापन गर्नु र जथाभावी फोहर फाल्न हुदैन भन्ने जनचेतना जगाउनु हो।’
फोहोर मैला फाल्ने डम्पिङसाइट वन्दै गएको उक्त ठाँउमा पुनः फोहोरमैला हुन नदिन नियमित निगरानी र दण्डजरिवानाका लागि विशेष पहल गर्न महानगरपालिका, स्थानीय जनप्रतिनिधि एवं स्थानीय सामाजिक संघ संस्थालाई आग्रह गरिएको नगारिक अभियान्ता विष्णुहरि अधिकारीले जानकारी दिए।
सरसफाइ अभियानमा नेपाल प्रहरी, शशस्त्र प्रहरी वल, मुक्तिनाथ विकास बैक, ओम डेभलपमेण्ट बैक, रेडियो हेमजा, सिद्धार्थ आमा समूह, पेमा छेल शाक्य गुम्बा, वालकल्याण आधारभूत विद्यालय, याम्दी टोल विकास संस्था, क्रान्ति टोल आमा समूह, महानगरपालिका अन्तर्गत फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारी, सामाजिक अभियान लगायत स्थानीय समुदायले ऐक्यबद्धता जनाएको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिए।
सहभागिलाई जिल्ला प्रशाशन कार्यालय कास्कीका प्रशासकिय अधिकृत अनिलकुमार शाहिले सरसफाइ र राष्ट्रिय भावनाका साथ सफथ गराएका थिए भने वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र बरालले फोहोरमैला उठाएर कार्यक्रमको शुभारम्भ गरेका थिए। अर्को हप्ताको सफाइ अभियान वडा नं. १६ गोस्ते घाटमा हुने जनाइएको छ।

Related