पोखरा । पोखराको पृथ्बिचोकमा आइतवारदेखि सस्तो बजार सञ्चालनमा आएको छ । सुर्य दिल ग्रप इन्भेष्टमेन्ट कम्पनि प्रालिले पत्रकार सम्मेलनको आयोजना गरि बजार सञ्चालनमा आएको जानकारी दिएको छ । ‘सुरक्षाको पूर्ण ग्यारेन्टीका लागि आबश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ सञ्चालक खतिवडाले भने, ‘बजार पूर्ण रुपमा सञ्चालनका लागि योग्य भइसकेको संरचना पूरा गरिसकेका छौं।’ बजारमा ४ सयवटा स्टलहरु सञ्चालनमा आइसकेको खतिवडाले बताए। उनले भने, ‘बजारको सबै स्टलहरुको बुकिङ अन्तिम चरणमा छ।’ सामान्य व्यवसायीदेखि बिशिष्ट र अति विशिष्ट व्यवसायीहरुको बजारमा संलग्नता रहेको खतिवडाले उल्लेख गरे।
होलसेल तथा खुद्रा पसल, डिपार्टमेन्टल स्टोर्स, खाद्यान्न, लत्ताकपडा, रेष्टुरेन्ट, इम्पोरियम, ब्यूटिपार्लर, शैलुन, भाँडाकुँडा, क्याफे, थकाली किचन, स्पोर्ट्स सेन्टर, फलफूल, तरकारी, मोवाइल, तथा ईलेक्ट्रोनिक्स पसल साथमा नुनदेखि सुनसम्मका पसलहरु सस्तो बजारमा हुने बताइएको छ।
बैज्ञानिक हिसावले बजारको स्टल निर्माण गरिएको कम्पनीको दावी छ। कम्पनीका अनुसार सबै स्टलहरुमा बराबर ग्राहकको पहुँच पु¥याउने उद्देश्यले बाटोको सहजता खुल्ला वातावरण बनाइएको छ। स्टल सञ्चालकहरुका अनुसार बैज्ञानिक भाँडादर र डिपोजिट कायम गरिएको खतिवडाले जनाए। सञ्चालक खतिवडाका अनुसार बजारमा निःशुल्क वाइफाइ जोन, प्रशस्त पाकिङको सुविधा, बिमा सुविधा प्रदान गरिने भएको छ।
पोखरा लेखनाथ महानगरपालिका वडानम्र ९ पृथ्वीचोकमा तीन तले भवनमा ब्यवसायीक प्रयोजनबाट निर्माण गरिएका ४ सय स्टलहरु सञ्चालनमा आइसकेको प्रालिका सञ्चालन युवाराज खतिवडाले जानकारी दिए। भौतिक निर्माणको काम भइरहेकाले अन्य ब्यवसायीक सटरहरुपनि धमाधम बुकिङ भइरहेको उनले बताए।
खतिवडाका अनुसार सस्तो बजारको तीन तले भवनको भूई तलाको २५ प्रतिशत बुकिङ हुन बाँकी रहेको छ भने पहिलो तलामा २५ प्रतिशत बुकिङ भइसकेकोछ।
कम्पनीले नागरिक उड्ययन प्राधिकरण पोखराको जग्गा पाँच बर्षको टेण्डरमार्फत भाडामा लिएर सस्तो बजार सञ्चालनमा ल्याएको हो।
पोखरा । पोखराको पृथ्बिचोकमा आइतवारदेखि सस्तो बजार सञ्चालनमा आएको छ । सुर्य दिल ग्रप इन्भेष्टमेन्ट कम्पनि प्रालिले पत्रकार सम्मेलनको आयोजना गरि बजार सञ्चालनमा आएको जानकारी दिएको छ ।
‘सुरक्षाको पूर्ण ग्यारेन्टीका लागि आबश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ सञ्चालक खतिवडाले भने, ‘बजार पूर्ण रुपमा सञ्चालनका लागि योग्य भइसकेको संरचना पूरा गरिसकेका छौं।’
बजारमा ४ सयवटा स्टलहरु सञ्चालनमा आइसकेको खतिवडाले बताए। उनले भने, ‘बजारको सबै स्टलहरुको बुकिङ अन्तिम चरणमा छ।’ सामान्य व्यवसायीदेखि बिशिष्ट र अति विशिष्ट व्यवसायीहरुको बजारमा संलग्नता रहेको खतिवडाले उल्लेख गरे।

Related