कुनै पनि व्यक्ति सबैभन्दा बढी मृत्युबाट डराउाछ । त्यसैले चिकित्सकहरुले गम्भिर प्रकृतिको रोगबारे तत्कालै विरामीलाई जानकारी दिनुको साटो आफन्तलाई दिने गरेको पाइन्छ । विरामीले ‘अब आफ्नो आयु सकिएको’ थाहा पाएपछि अत्तालिने अनि ऊमाथि मनोवैज्ञानिक डर सिर्जना हुने भएकाले चिकित्सकहरुले यो उपाय अबलम्बन गरेको हुनुपर्छ ।
तर, तिनीहरुले आफ्नो चिकित्सकिय उपचार पद्धति ‘मान्छेको बाँच्न पाउने अधिकार’ लाई कुनै प्रकारले कुन्ठिन नहुने गरि जारी राखेकै हुन्छन्। नेपालीमा एउटा भनाई नै छ, ‘जबसम्म सास, तबसम्म आश’ लाई विरामीका परिवारजनले पनि अंगालेकै हुन्छन। यो मानवतासंग जोडिएको विषय पनि हो। यसो त, मानिसको औसत आयुबारे धेरैलाई थाहै हुन्छ।
‘एक दिन मृत्यु निश्चित छ’ भन्ने कुरो पनि धेरैले बुझेकै हुन्छन। तरपनि मृत्युबाट डराउने प्रत्येक व्यक्तिको एउटा मानविय स्वभावै हो। प्रत्येक व्यक्तिमा पाइने यस्तो मनोविज्ञानका बाबजूद बैज्ञानिकहरुले ‘मृत्युको भविष्यवाणी’ गर्ने यन्त्र बनाएका छन। हो, व्यक्तिको मृत्यु हुने मिति अर्थात ‘कुनै व्यक्तिको मृत्यु कहिले हुने?’ भन्ने भविष्यवाणी गर्ने यन्त्रको अविष्कार हालै तिनीहरुले गरेका हुन। यसको उद्देश्य विरामीलाई थप केयर गर्न र उसको इच्छा अनुसारका कदमहरु चाल्न घरपरिवार, आफन्त र स्वास्थ्यकर्मीहरुलाई सजिलो पार्नु रहेको भनिएको छ।
अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्यान्फोर्ड विश्वविद्यालयका अनुशन्धानकर्ताहरुले मानिसको मृत्युबारे भविष्यवाणी गर्ने कामलाई सरल बनाइ दिने उपकरण बनाएका हुन। तिनीहरुले आफ्नो अनुशन्धानहरुबाट एउटा यस्तो संयन्त्रण तयार पारेका छन्, जसबाट ९० प्रतिशतसम्म सहि भविष्यवाणी गर्न सकिन्छ।
हुनत, ‘कहिले मर्ने’ भन्ने जानकारी पाउने कुरा धेरैका लागि अनौठो लाग्न सक्छ। तर, अनुशन्धान टोलीका सहभागीहरुका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले यो विषयलाई सजिलो बनाई दिएका छन। तिनीहरुले कुनै पनि रोगीको अन्तिम क्षणलाई यो प्रविधिबाट धेरै राम्रो बनाउन सकिने दाबी पनि गरेका छन्। हालै प्रकाशित शोधपत्रको रिपोर्टमा ‘विरामीहरु अन्तिम समयमा जुन प्रकारको जीवन बाँच्न चाहन्छन्, त्यस्तरी तिनीहरु बाँच्न पाएका हुादैनन्’ उल्लेख छ।
विश्वका पछिल्ला इन्जिनियरिङ अविष्कार, प्रविधि र विज्ञान समाचारहरु सम्प्रेषण गर्ने पत्रिका ‘आईईईई स्पेक्ट्रम’(इन्स्ट्यिुट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ) ले स्ट्यान्फोर्ड अनुशन्धानकर्मीलाई उर्दृत गर्दै झण्डै ८० प्रतिशत अमेरिकी आफ्नो जीवनको अन्तिम समय परिवारका साथ बिताउन चाहन्छन, तर रोगका कारण ६० प्रतिशत जति अस्पतालमै मृत्युवरण गर्ने गरेको जनाएको छ।
उक्त विश्वविद्यालयका कृर्तिम बृद्धि(एआई) प्रयोगशालाका वैज्ञानिकहरुले स्ट्यान्फोर्ड अस्पताल र लसिल प्यार्क बाल अस्पतालबाट करीब २० लाख विरामीको इलेक्ट्रोनिक स्वाथ्य रेकर्ड(इएचआर) को अध्ययन गरेका थिए।
यो शोधमा बालबालिका र ठूलो उमेरका विरामीलाई समेत समावेश गरिएको थियो। यो रेकर्डका आधारमा डिप न्युरल नेटवर्क(स्नायु संजाल) तयार गरिएको थियो। त्यसपछि ‘एआई’ ले कुन विरामी ३ देखि ४ महिनामा मृत्युवरण गर्न सक्छन भन्ने अनुमान गरिएको थियो। संजालकै आधारमा एउटा यस्तो मोडेल बनाउन वैज्ञानिकहरु सफल भए, जसको सहयोगले कुनै पनि व्यक्तिको मृत्युको कारण पत्ता लगाउन सकिने र विरामीको आयु कति हुने भन्ने जानकारी प्राप्त गर्न सकिनेछ।
यसले विरामीको रेखदेख गर्नमा पनि सहयोग पुग्ने विश्वास उनीहरुको छ। तर विरामीको रोगका लक्षणलाई कम गर्नका लागि कहिले र कस्तो प्रकारको उपचारको आवश्यकता पर्छ भन्ने चाही बताउन नसकिने उनीहरुको जनाएका छन्। हाल यसबारेमा पनि शोध भईरहेको अनुशन्धान टोलीले जनाएको छ।
स्ट्याण्फोर्डका ‘एआई’ ल्याबमा पिएचडी गर्दै आएका आनन्द अभातीले अमेरिकाको न्युयोर्क सहरमा प्रधान कार्यालय रहेको ‘आईईईई’ लाई भने, ‘हामीले भविष्यवाणी गर्ने मोडेलको निर्माण गरेका छौ, हामीले प्राप्त गरेको तथ्यांकका आधारमा यसमा सफलता मिलेको हो।’
शोधकर्ताले अविष्कार गरेको प्रविधिले अस्पताल र स्वास्थ्यकर्मीलाई अन्तिम अवस्थामा रहेका विरामीहरुको रेखदेख गर्न सजिलो मात्रै हुने छैन, रोगीको अन्तिम क्षणहरुमा आमूल सुधार गर्न पनि सकिनेछ। कृर्तिम बृद्धिको परिस्कृत रुपलाई प्रयोग गरि अस्पतालमा भर्ना भएका विमारीको मृत्युको भविष्यवाणी गर्न सक्ने उपकरणको अविष्कारलाई ठूलो उपलब्धिका रुपमा लिइएको छ।
‘नियमित रुपमा संकलन गरिएको ‘ईएचआर’को तथ्यांकलाई हामीले मिहिन विश्लेषण गरेपछि मानिसको मृत्युको भविष्यवाणी गर्ने टुल्सको प्रदर्शन गर्न सक्षम र सफल भएका हौं, उक्त टुल्सले गर्ने भविष्यवाणीमा ९० प्रतिशत सत्यता लुकेको निस्कर्ष पनि हाम्रो हो ’शोकर्ताहरुले बेलिविस्तार लगाएका छन्। उक्त संयन्त्र हालसम्म कै स्मार्ट प्रविधि भएको दाबी गरिएको छ। यो यन्त्र सिकाई प्रविधि(एमएलटी)मा आधारित रहेको र तथ्यांकलाई विश्लेषण गर्न सक्षम रहेको बताइएको छ।
बेलायतस्थित म्यारी क्युरी च्यारिटीका चिकित्सा निर्देशक डा।अड्रिएन टुकम्यानलाई ‘द सन’ पत्रिकाले उर्दृत गर्दै लेखेको छ, ‘नयाँ अविष्कारले भविष्यवाणी गर्ने योग्यतालाई थप सहयोग पुग्न सक्छ। अझ स्वास्थ्यकर्मीका लागि त यो एउटा वरदान नै हुन सक्छ। ’ उनले मृत्युको पूर्वानुमान गर्नु आफैमा ‘अत्यन्तै जटिल कार्य’ भएको बताए। टुकम्यानले भने, ‘हाम्रो आफ्नै शोधहरुले पनि चिकित्सकलाई तिनीहरुको अनुभवहरुको आधारमा समेत सटिक भविष्यवाणी गर्न कठिन थियो। ’
तर ‘ईएचआर’ तथ्यांकहरुलाई विश्लेषण गरि निकालिएको निस्कर्षले विरामीको मृत्युको तिथि घोषणा उपयोगी हुन सक्ने बताए। ‘ तर,यसैमा मात्र केन्द्रित हुनु चाहीँ राम्रो होइन’ उनले भने , ‘व्यक्तिको चाहना अनुसार सबैभन्दा बढी निदानात्मक रेखदेख चिकित्सकहरुले नै गर्ने गर्छ, विरामी कहिलेसम्म बाँच्न चाहन्छन भन्ने कुरो व्यक्तिको ईच्छा अनुरुप भएपनि त्यो असम्भव छ, तर, चिकित्सकहरु भने विरामीको सक्दो उपचारमा संलग्न रहेकै हुन्छन्। भविष्यवाणीले निश्चितै पनि चिकित्सकिय हेरचाहको गुणात्मकतालाई बढाउने छ। ’
उनले स्ट्याण्डफोर्डको एआई उपकरणको प्रगतिको अनुशरणमा आफ्नो अत्यन्तै चासो रहेको समेत बताए। यसरी हेर्दा टुकम्यानको पछिल्लो एआई प्रविधिबारे मिश्रित प्रतिक्रिया रहेको देखिन्छ। Agency

Related