• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

हृदयघातबाट सुपरस्टार भारतीय अभिनेत्री श्रीदेवीको निधन

  •      /१३ फाल्गुन २०७४, आईतवार ०२:४८ ,  प्रकाशीत
  • भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् । श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएको छ । फ्रेब्ररी २५ शनिवार राति ११:०० देखी ११:३० बीचको समयमा युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ । श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् । बोनी कपुरकी दोश्री श्रीमती श्रीदेवीका जान्हवी र खुशी दुई छोरी छन् ।

    भारतीय संचारमाध्यमहरका अनुसार उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिइन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् । हिम्मतवालाको ‘नैनो में सपना’, मिस्टर इन्डियाको ‘हावा हवाइं’, नागिनाको ‘मै तेरी दुश्मन’, चाँदनीको ‘मेरे हाथो मैं नौ नौ चुडीयाँ’, आदि फिल्मी नृत्यमा श्रीदेवी निकै चर्चित छिन् ।

    चर्चित फिल्म निर्माता बोनी कपुरसँग विवाह गरेर फिल्म क्षेत्रबाट केही समय टाढा रहेकी श्रीदेवीले ‘इंग्लिश भिङ्गलिस’बाट सन् २०१२ मा पुन फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् ।उक्त फिल्मले उनको लोकप्रियतालाई थप उचाइमा पुर्याएको थियो । उनको अन्तिम फिल्म मम २०१७ मा सार्वजनिक भएको थियो । त्यसमा उनले गरेको आमाको भूमिकाले निकै प्रशंसा पाएको थियो । उक्त चलचित्रबाट उनले उत्कृष्ट नायिकाको ‘जी सिने अवार्ड’ पनि प्राप्त गरेकी थिइन् ।

    ‘रुप कि रानी’ उपनामले चर्चित श्रीदेवीको हिम्म्तावाला, सदमा, मिस्टर इन्डिया, नगिना, चाँदनी, चालबाज, लम्हे, गुमराह, खुदागवाह, जुदाई जस्ता दर्जनौं लोकप्रिय फिल्महरु छन् । श्रीदेवीको पहिलो हिन्दी फिल्म ‘सोलाह सावन’ सन् १९७९ मा सार्वजनिक भएको थियो । तर उनको लोकप्रियता सन् १९८३ मा आएको फिल्म ‘हिम्म्तावाला’ ले दिएको थियो । हिम्मतवाला पछि उनका धेरैजसो फिल्महरु हिट हुँदै गए । सन् १९८९ को फिल्म ‘चालवाज’ र सन् १९९१ को ‘लम्हे’ ले उनको क्यारिअरमा थप सफलता दिलाएको थियो । ती दुई फिल्ममा उनले सार्वाधिक प्रतिष्ठित अवार्ड ‘फिल्म फेयर अवार्ड’ जित्न सफल भएकी थिइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.