काठमाडौं, १३ फागुन । पश्चिम र मध्य नेपालका धेरैजसो क्षेत्रमा आइतबार हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पूर्वी नेपालमा भने केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ ।
मौसमविद विभूति पोखरेलका अनुसार आइतबार पश्चिमी वायुको प्रभावले देशभरी नै बदली भएको र केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । आज पानी पर्ने सम्भावना पनि देखिएको छ र पानीसँगै हावाहुरी, मेघगर्जनको सम्भावना रहेको बताइएको छ ।
पश्चिम र मध्यका केही स्थान र पूर्वका पहाडीका थोरै स्थानमा हावाहुरी र पानीको सम्भावना छ । आइतबार दिनभरी मौसममा बदलीकै अवस्था रहने छ ।

sourya daily
Related