पोखराबाट दमौली जाँदै गरेको बसको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु
/१४ फाल्गुन २०७४, सोमबार १३:३७ , प्रकाशीत
पोखराबाट दमौली जाँदै गरेको बसको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु भएको छ। बिपरित दिशाबाट पोखरातर्फ आउँदै गरेको स्कूटरलाई बसले ठक्कर दिएपछि भएको सवारी दुर्घटनामा ४६ बर्षीय श्यामकुमार साह तेलीको मृत्यु भएको हो।
मोरङ जिल्ला बिराटनगरपालिका २१ स्थायी घर भएका साह तेली चढेको बा ५३ प ९४८३ नम्बरको स्कूटरलाई तनहुँ जिल्लाको ब्यास नगरपालिका–३, दुर्गामन्दिरस्थित पृथ्वीराजमार्गमा ना ५ ख ४६०२ नं को बसले ठक्कर दिएको थियो। दुर्घटनापछि दमौलीको रत्नहरी अस्पतालमा उपचार गराइरहेका शाहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Related