• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तपाईलाई टाउको दुख्ने समस्याछ,माइग्रेन हुन सक्छ

  •      /१४ फाल्गुन २०७४, सोमबार १५:०९ ,  प्रकाशीत
  • डा. कृष्ण ढुंगाना,

    माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यो अहिलेको बढदो सहरी कारणले गर्दा बढेको तनाब हतार र खानपिनले धेरै मानिसमा देखिएको छ । यो धेरै मानिसमा देखिने रोग हो । पुरुषमा २० जनामा एकजनालाई माइग्रेन हुन्छ भने महिलामा ६ जनामा एक जनालाई हुन्छ । माइग्रेन धेरैजसो बिसदेखि तिस वर्षको उमेरमा सुरु हुन्छ । उमेर बढ्दै जाँदा कतिमा माइग्रेन कम हुँदै जान्छ र हट्न पनि सक्छ । माइग्रेन बच्चाहरुमा पनि देखिन सक्छ । यो वंसाणुगत रुपमा पनि देखिन सक्छ ।

    माइग्रेनको दुखाइ धेरै साह्रो हुन सक्छ । धेरै जसो ब्लक ब्लक गरेर टाउको दुख्छ र टाउकोको आधा भाग दुख्छ । टाउको दुख्दा उल्टी हुन खोज्ने वा उल्टी हुन सक्छ । टाउको दुख्दा केही सुन्न मन नलाग्ने वा अँध्यारोमा बस्न मन लाग्ने हुन सक्छ । माइग्रेनले टाउको दुखाई भएको बेलामा शारिरिक बल पर्ने काम गर्यो भने टाउको दुखाई झन् सारो भएर जान्छ ।  माइग्रेनको टाउको दुखाईको कारणले गर्दा अफिस गएर काम गर्न नसकिने हुन सक्छ । माइग्रेनको टाउको दुखाई चार घण्टा देखि तिन दिनसम्म हुन सक्छ । माइग्रेन दुइ किसिमको हुन्छ । एक तिहाईमा टाउको दुख्नु आगाडि औरा भन्ने लक्षण देखिन्छ । औरा हुँदा आँखामा चम्किएको सेतो बत्ति देखिने, रंगी बिरंगी  देखिने वा देखिएको ठाउँमा धब्बा देखिने हुन सक्छ ।. कहिले काहंी अनुहारको एक भाग वा एउटा हात वा खुट्टामा झम–झम हुन सक्छ ।

    तल उल्लेखित कारणहरुले टाउको दुख्यो भने डाक्टरलाई भेट्न जरुरी छ ।

    १) बिजुली चम्किए जस्तो एक्कासी एकदम जोरसंँग टाउको दुख्यो भने

    २) टाउको दुखाईसंँग ज्वरो आयो, घाँटि अररो भयो, होश कम भयो वा हातखुट्टा कमजोर भयो भने

    ३) पचास वर्ष कटेपछि पहिलो पटक टाउको दुख्यो भने ।

    ४) खोक्दा वा थोरै बल गर्दा टाउको दुखाई बढ्यो भने ।

    माइग्रेनको टाउको दुखाई धेरै कारणले गर्दा बल्झन सक्छ । कति महिलामा महिनावारीको वरिपरि टाउको दुखाई बल्झन सक्छ । रक्सी , कालो चकलेट र चीज ले पनि माइग्रेनको टाउको दुखाई बल्झिन्छ ।  मौसम परिबर्तनले पनि माइग्रेनको टाउको दुखाई हुन्छ । त्यसैगरी अनिन्द्रा भयो वा अत्यधिक मात्रामा सुत्यो भने पनि माइग्रेनको टाउको दुखाई बल्झिन्छ ।

    लामो समयसम्म टाउको दुख्यो वा अत्यधिक मात्रामा टाउको दुख्यो भने न्यूरोलोजिस्ट डाक्टरको परामर्श लिनु पर्छ । टाउको दुखाइर्, टाउकोमा मासु पलाएर वा टाउकोको रगतको नसा बन्द भएर पनि हुन सक्छ । समयमा रोग पत्ता लग्यो भने यो रोग निको हुन्छ । उपचार गर्न ढिलो हँुदा कहिले काहीं ठूलो समस्या हुन सक्छ । न्यूरोलोजिस्टले राम्ररी जाँच गरेर बिरामीलाई सी टि  वा एम आर आइ जस्ता जाँच गर्नु पर्छ वा पर्दैन छुट्याउन सक्छन् ।

    माइग्रेनमा दुइ किसिमको उपचार हुन्छ । माइग्रेनको टाउको दुखाई महिनामा एक पटक वा दुइ तिन महिनामा एक पटक भयो भने दुखेको बेलामा मात्रा औषधि खान सकिन्छ ।  सिटामोल (नेप्रोक्सिन) भन्ने औषधि टाउको दुखेको बेलामा खान सकिन्छ । माइग्रेनको टाउको दुखाई सुरुमा कम भै  बिस्तारै बढ्दै  जाने गर्दछ । अलि अलि दुखेको बेलामा औषधि सेवन गर्दा औषधि बढी  प्रभावकारी हुन्छ । महिनामा धेरै पटक दुख्यो वा धेरै लामो समयसम्म दुख्यो भने प्रोफाईल्याक्टिक उपचार चलाउनु पर्ने हुन्छ । यो उपचारले  माइग्रेनको टाउको दुखाई छिटो छिटो नहुने,टाउको दुखाई कम हुने र काम गर्न धेरै सजिलो हुन्छ । यो उपचार टाउको दुख्न कम भएपछि कम्तिमा छ महिनासम्म चलाउनु पर्दछ ।

    माइग्रेन भएको बिरामीहरुले औषधि उपचार संँगसंँगै अरु कुरामा पनि ध्यान दिनु पर्छ । पानी र झोल कुरा प्रशस्त खानु पर्ने हुन्छ ।  फलफूल र साग पात खानमा बढी ध्यान दिनुपर्छ । धेरै चिल्लो पिरो अमिलो खाना, खानु हुँदैन स्वस्थ जीवन शैली आपनाउँदै समयमा सुत्ने बानि बसाल्नु पर्छ । यति गरे माइग्रेन निको भई स्वस्थ जीवन वाँच्न सकिन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.