• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पाँच बर्ष भित्र प्रदेश नं ४ अन्य प्रदेश भन्दा समृद्ध बन्छ ः मुख्यमन्त्री गुरुङ

  •      /१४ फाल्गुन २०७४, सोमबार १३:२९ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नंम्वर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अन्य प्रदेशको तुलनामा प्रदेश नं ४ समृद्ध हुने बताएका छन । मुख्यमन्त्री गुरुङले आगामी ५ बर्ष भित्र उर्जा, पर्यटन, कृषी तथा उद्योगको समुचित बिकासगरी प्रदेश नं ४ लाई समृद्ध प्रदेश बनाउने बताएका छन्।
    मुख्यमन्त्री गुरुङले नेपाल लोकतान्त्रिक आदिबासी जनजाती महासँघ प्रदेश नं ४ द्धारा पोखरामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।
    प्रदेश नं ४ अन्तगत बिभिन्न क्षेत्रमा रहेका प्राकृतिका सम्पदाहरुलाई उपयोगमा ल्याएर प्रदेश बिकास र समृद्धीलाई अगाडी बढाउने बताउदै गुरुङले आगामी २ बर्ष प्रदेशमा भित्र बिकासका पुर्वाधार निर्माणलाई तिव्र पार्ने बताए।
    उनले प्रदेशको विकास र समृद्धीका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् । ‘प्रदेश संरचना सबै जिरो ग्राउण्डमा छ । कसैले पनि विगारेको छैन, उनले भने–यसलाई हामीले चाहेजस्तो बनाउन सक्छौं ।’ उनले प्रदेश ४ को समृद्धीको निर्विकल्प आधार कृषि, पर्यटन र जलश्रोत भएको भन्दै खनिज उद्योगलाई पनि जोड्न सकिने बताए ।
    प्रदेश नं ४ भन्ने बित्तिकै पोखराको सुन्दरता झल्कने बताउदै गुरुङले सिङ्गो प्रदेशलाई अर्थिक, भौतिक तथा सास्कृतिक रुपमा समृद्ध बनाउनका लागी स्थानिय जनताको समेत साथ, सहयोग र समर्थन आवस्यक रहेको बताए।
    नेपालकोे कुल ग्रहस्थ उत्पादनमा प्रदेश नम्वर ४ ले पु¥याएको योगदानलाई मुल्याङकन गर्दा प्रदेश नं ४ बिकास र समृद्धमा अगाडी बढ्ने कुरामा कुनै शंका नरहेको बताउदै गुरुङले प्रदेशमा रहेको जलश्रोत र पर्यटन पूर्वाधारको बिकासगरी पर्यटकिय गन्तब्य तथा जलबिद्युतको हवकोरुपमा बिकास गर्ने बताए।
    ‘पूर्वाधार बिकासका दृष्टिकोणबाट अहिले सम्म तीन नम्वर प्रदेश अगाडी रहे पनि अब,हामीहरु अगाडी बढ्छौं,यसमा दुईमत छ्रैन’उनले भने। ‘आगामी ५ बर्ष भित्रमा हामी मुलुककै सबै भन्दा समृद्ध प्रदेश बनेरै छाड्छौ।’
    मुख्यमन्त्री गुरुङले उत्तर दक्षिण कोरिडोर बनाएर दुई देशको आर्थिक ट्रान्जिटको रुपमा ४ नम्बर प्रदेशलाई प्रयोग गरिने बताएका छन् ।
    नेपाल लोकतान्त्रिक आदिबासी जनजाती महासंघ प्रदेश नं ४ को आयोजना भएको बधाई तथा सम्मान कार्यक्रममा प्रदेश नं ४ मा एमालेबाट प्रदेश सभा सदस्यमा निर्बािचत सदस्यलार्ई सम्मान गरिएको थियो। सो अबसरमा मुख्यमन्त्री गुरुङ लगायत प्रदेश सभा सदस्यलाई सम्मान गरिएको थियो।

    प्रदेश–४ को सरकार र निजी क्षेत्रबीच सहमति
    प्रदेश–४ को सरकार र निजी क्षेत्रबीच आर्थिक विकासका लागि सहकार्य गर्ने सहमति भएको छ ।
    सहमति पत्रमा प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले हस्ताक्षर गरेका छन् । सहमति अनुसार प्रदेश सरकारले आर्थिक तथा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा महासंघको प्रदेश समितिसँग सहकार्य गर्नेछ ।
    त्यस्तै निजी क्षेत्रले आयोजना गर्ने व्यवसायिक प्रवद्र्धनका कार्यक्रममा प्रदेश सरकारले सहयोग गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
    मुख्यमन्त्री गुरुङले प्रदेश–४ को सरकारले लगानी सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउने प्रतिबद्धता ब्याक्तगरे। महासंघकी अध्यक्ष राणाले स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक समृद्धिका योजना ल्याइने बताइन्। दुईपक्ष बीच भएका प्रतिबद्धतालाई दुवै पक्षले अक्षरस पालना गर्ने जनाएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.