फाल्गुन १५, पोखरा . आई ब्लुजम्यानेजमेन्ट प्रालिले नेपाली नयाँवर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रिय स्तरको ‘फुड कार्निभल’कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कार्यक्रमको आयोजनागरिने भएको हो ।
नेपालीहरुमा पनि नयाँवर्षको सुखद क्षणमा विभिन्न फुड स्टलका खानाका परिकार, पेय पदार्थ, पार्टी र डिजे म्युजिकको प्रस्तुतिमा रमाउने वातावरण तयार गर्ने उद्देश्यलेपोखरामै पहिलो पटक कार्यक्रमको आयोजना गरिएको प्रालिका प्रबन्धनिर्देशक कुशलथापाले बताए ।
थापाकाअनुसार कार्यक्रममा विविध संस्कृति झल्काउने पोशाक, इच्छाअनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित डे«स कोड (डाक्टर, पाइलट, पुलिस, आर्मी, नर्स, एयरहोस्टेस, खेलाडी पोशाक, एन्जलको रुपमा, जनावरको पोशाक, कार्टुनको पोशाक, चौकीदारको पोशाक, रेड इन्डियन्स,सेन्टा क्लथ,जोकरको रुपमा, विभिन्न देशहरुको पोशाक) लगायत आफूलाई जुन पोशाकमा सहज लाग्छ,सोपोशाकमाउपस्थितहुनपाइने छ ।
उत्कृष्ट पोशाक लगाउनेलाई आयोजकको तर्फबाट पुरस्कृत गरिने उनले बताए। ‘पुरस्कार स्वरुप सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया(बाली) घुम्नको लागिअवसर प्रदानगरिनेछ,’ थापाले भने, ‘सहभागिमध्येबाट उत्कृष्ट दारीप्रर्दशनगर्नेलाई (वेष्ट वियर्ड) घोषणा गरीआइफोन एट प्लस वा सामसुङ एट एजमोबाइलफोन उपहार समेत प्रदानगरिने छ ।’

Related