प्रदेश नम्बर ४ मा तेक्वान्दो संघको तदर्थ समिती गठन
/१६ फाल्गुन २०७४, बुधबार ०७:३० , प्रकाशीत
पोखरा । नेपाल तेक्वान्दो संघले प्रदेश नम्बर ४ मा प्रदेश तदर्थ समिति गठन गरेको छ । तेक्वान्दोको विकास र बिस्तार गर्ने उदेस्यले संघले संघिय संरचना अनुसार जगनबहादुर गुरुङ्गको अध्यक्षतामा ११ सदस्यि कार्यसमिति चयनगरेको हो।
समितिको उपाध्यक्षमा विष्णुहरी गौतम, महासचिवमा रमेश पौडेल, कोषाध्यक्षमा माइकल कर्माचार्य र सह–कोषाध्यक्षमा दिपेन्द्र बाँस्कोटा रहेका छन् । उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले पद तथा गोपनियताको शपथ गराएका थिए।
पदस्थापन समारोहमा प्रमुख अतिथि एवं प्रदेश नम्वर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले उनीहरुलाई प्रमाण–पत्र वितरण गर्दै शुभ–कामना व्यक्त गरेका थिए । उनले खेलाडी राष्ट्रको गहना हुने भन्दै राष्ट्रले खेलाडीलाई सम्मान गर्नुपर्ने बताए। खेलाडीको अथक मेहनत र प्रयासबाट राष्ट्रले अन्र्तराष्ट्रिय उपलब्धि हाँसिल गर्ने बताउदै खेलाडीको भविष्य सुनिश्चित पार्ने तर्फ राष्ट्रले चासो देखाउनु पर्ने प्रदेश प्रमुख कुँवरले बताए ।
कार्यक्रममा साँसद दिपक कोइराला, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल,तदर्थ समितिका अध्यक्ष जगनबहादुर गुरुङ्ग लगायतले मन्तब्य राखेका थिए।

Related