बिद्यार्थीद्धारा पोखरा विश्वविद्यालय तोडफोड,कर्मचारी भित्रै थुनिए
/१६ फाल्गुन २०७४, बुधबार १३:३४ , प्रकाशीत
लेखनाथ १६ फागुन । पोखरा विश्वविद्यालयमा बिद्यार्थीहरुले तोडफोड गरि कर्मचारीहरुलाई भित्रै थुनेका छन् । क्याप्पस प्रशासनले पटकपटक गरेको बार्तामा भएको सहमति अनुसार निर्धारित समयमा स्ववियु चुनाव गर्न आलटाल गरेको आरोपलगाउदै उनीहरुले तोडफोड गरेका हुन।
विश्वविद्यालयका पदाधिकारीले आफ्ना मागको सुनुवाई नगरेको भन्दै अनेरास्वीयुले बुधवार केन्द्रिय कार्यलय भवनको सिसा र गमला फुटाएका छन् ।
स्ववियु चुनावको मिती तोक्न आनाकानी गरेको र आफूहरुलाई वेवास्ता गरेको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्वीयु, अखिल क्रान्तीकारी ३ वटै विद्यार्थी संगठनले कर्मचारीलाई कार्यलय भित्र नै थुनेका छन् । चुनावको मिती नतोकी वार्तावाट समाधान नखोजी पदाधीकारी भागेको भन्दै ३ वटै विद्यार्थी संगठनले आरोप लगाएका छन्। इलाका प्रहरी कार्यलय डाँडाकोनाकका डिएसपी गोविन्द पुरीले वार्तावाट समस्याको समाधान गर्न विद्यार्थीलाई आग्रह गर्दै कर्मचारीलाई निकाल्न आग्रह गरेको बताएकाछन्।

Related