फाल्गुन १७ पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पोखरेली र विदेशी पर्यटकलेसंगै होली मनाएका छन। उनीहरुले एकआपसमा शुभकामना साटासाटगरी रंगहरुको पर्व होली मनाएरका हुन्।
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टरले पोखाको लेकसाईडमा आयोजनागरेको होली बिशेष कार्यक्रममा पोखरेली र विदेशी पर्यटकहरु आपसमा रंग खेलेर रमाएका हुन्। नाचगान र रंग छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका थिए । उनीहरु आपसमा रंगहरु दलेर होली मनाउँदा निकै प्रशन्न मुद्रामा देखिएका थिए।
रेवानले अघिल्ला वर्षहरुमा पनि यस्तो कर्यक्रमहरु सञ्चालन गर्दै आएको पर्यटन ब्यवसाथी भिमसेन भुजेलले बताए । ‘विगतका बर्षहरुमा पनी यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएका थियौ’ उनले भने। ‘हाम्रो परम्परा एवं संस्कृतीसंग विदेशीलाई परिचित गराउनु र मनोरञ्जन प्रदान गर्ने उदेस्य हो।’ कार्यक्रममा विदेशी पर्यटकहरु र नेपालीहरु एकआपसमा रंगहरु दल्दै होली सँग रंगिएका थिए ।
पर्यटकको बढी चहलपहल हुने लेकसाइडको फिस्टेर गेट देखि हल्लनचोक सम्मको क्षेत्र होलीले आकर्षण्क बनेको थियो ।
होलीको वेला लेकसाइ क्षेत्रमा सवारीका साधनहरु बन्दगराईएको थियो। लेकसाईको करिब तीन किलोमिटर क्षेत्रमा सवारी निषेधगरीएको पर्यटन ब्यवसायी गाविन्द शर्माले बताए। सवारी नियम उल्लङघन गर्ने समातीए
होली पर्व मनाउने क्रममा कास्कीका विभिन्न स्थानहरुबाट ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने करीब, ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। ती मध्ये सवारी नियम उल्लङघन गर्ने, होहल्ला गर्ने र मादकपदार्थ सेवनगरी सवारी चलाउने रहेको प्रहरीको भनाईछ घरको छतबाट खसे गम्भिर घाइते
होली खेल्नेक्रममा पोखराको बिन्ध्यवासीनीमा घरको छतबाट खस्दा एक बालक गम्भिर घाइते भएका छन् । पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खस्दा गम्भिर घाइते भएका हुन्।
होली खेल्ने क्रममा घरको छतबाट खसेर गम्भिर घाइते भएको रेग्मीको फिस्टेल हस्पिटलमा उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिएका छन्। घाइते रेग्मीको टाउकोमा चोट लागेको छ । उनी होली खेल्दा आफ्नै घरको दुई तला माथीबाट खसेका हुन् ।
फाल्गुन १७ पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पोखरेली र विदेशी पर्यटकलेसंगै होली मनाएका छन। उनीहरुले एकआपसमा शुभकामना साटासाटगरी रंगहरुको पर्व होली मनाएरका हुन्।
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टरले पोखाको लेकसाईडमा आयोजनागरेको होली बिशेष कार्यक्रममा पोखरेली र विदेशी पर्यटकहरु आपसमा रंग खेलेर रमाएका हुन्। नाचगान र रंग छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका थिए । उनीहरु आपसमा रंगहरु दलेर होली मनाउँदा निकै प्रशन्न मुद्रामा देखिएका थिए।
रेवानले अघिल्ला वर्षहरुमा पनि यस्तो कर्यक्रमहरु सञ्चालन गर्दै आएको पर्यटन ब्यवसाथी भिमसेन भुजेलले बताए । ‘विगतका बर्षहरुमा पनी यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएका थियौ’ उनले भने। ‘हाम्रो परम्परा एवं संस्कृतीसंग विदेशीलाई परिचित गराउनु र मनोरञ्जन प्रदान गर्ने उदेस्य हो।’ कार्यक्रममा विदेशी पर्यटकहरु र नेपालीहरु एकआपसमा रंगहरु दल्दै होली सँग रंगिएका थिए ।
पर्यटकको बढी चहलपहल हुने लेकसाइडको फिस्टेर गेट देखि हल्लनचोक सम्मको क्षेत्र होलीले आकर्षण्क बनेको थियो ।
होलीको वेला लेकसाइ क्षेत्रमा सवारीका साधनहरु बन्दगराईएको थियो। लेकसाईको करिब तीन किलोमिटर क्षेत्रमा सवारी निषेधगरीएको पर्यटन ब्यवसायी गाविन्द शर्माले बताए।
सवारी नियम उल्लङघन गर्ने समातीए
होली पर्व मनाउने क्रममा कास्कीका विभिन्न स्थानहरुबाट ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने करीब, ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। ती मध्ये सवारी नियम उल्लङघन गर्ने, होहल्ला गर्ने र मादकपदार्थ सेवनगरी सवारी चलाउने रहेको प्रहरीको भनाईछ
घरको छतबाट खसे गम्भिर घाइते

Related