• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फोरम नेपाल र राजपा दुबैलाई सरकारमा ल्याउन पहल गरिरहेका छौं: अधिकारी

  •      /१८ फाल्गुन २०७४, शुक्रबार १५:५७ ,  प्रकाशीत
  • पोखरा, फागुन १८ । । नेकपा एमालेका नेता रविन्द्र अधिकारीले आफूहरुले राजपा र फोरम नेपाल दुवैलाई सरकारमा ल्याउनेगरि पहल गरिरहेको स्पष्ट पारेका छन् ।

    शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता अधिकारीले वर्तमान सरकार सम्भव भएसम्म सबैलाई सरकारमा सहभागी गराउने गृहकार्यमा जुटिरहेको बताएका हुन् । उनले भने,‘राजनीतिक संक्रमण पनि सम्पन्न भएको छ, अब मुलुकलाई राजनीतिक स्थायत्वि र समृद्धिको यात्रामा अघि बढाउनको लागि पनि बलियो सरकार बनाउने पक्षमा हामी छौं ।’

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै अधिकारीले भने,‘हामीले राजनीतिक स्थायित्व हाँसिल गर्नकै लागि वाम गठबन्धन बनाएर निर्वाचनमा गएका हौं, यो सँगै एकता प्रक्रिया अघि बढाएका छौं, सरकार बनाएका छौं, बलियो सरकार बनोस् भन्ने हाम्रो चाहना छ, हिमाल, पहाड र तराई सबैलाई मिलाएर अघि बढ्न चाहन्छौं, यसकोलागि राजपा र फोरमलाई सँगै लिएर जान चाहन्छौं, सकारात्मक कुराहरु भैरहेका छन्।’

    उनले आफूहरु संविधान संशोधनको लागि कहिल्यैपनि बाधक नभएको जिकिर गरे । यद्धपी उनले सबैलाई जायज लाग्ने विषयमा संविधान हुने स्पष्ट पारे । उनले थपे,‘हामीलाई मात्रै जायज लागेर हुँदैन, फोरमलाई मात्रै लागेर पनि हुँदैन, राजपालाई पनि लागेर हुँदैन, सबैलाई जायज लाग्नुपर्यो, अनि संविधान संशोधन गर्छौं।’ उनले संविधानको धारा २७४ संशोधन गर्न नसकिने स्पष्ट पारे ।

    नेता अधिकारीले आउने आईतबार वा सोमबारसम्म मन्त्रिमण्डल विस्तार हुने जनाए । उनले भने,‘क्याविनेट विस्तार हुन्छ, अब आउने सोमबारसम्म भैसक्छ, राजपासँग पनि राम्रो कुराकानी भएको छ, राम्रो मात्रै होईन, धेरै राम्रो कुराकानी भएको छ, कुराकानीले आकार लिएपछि हामी पत्राचार गर्छौं।’

    arthik news

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.