• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फलेवास र जैमिनी नगरपालिकाले थाले वैकल्पिक राजमार्ग निर्माण

  •      /१८ फाल्गुन २०७४, शुक्रबार ०४:४९ ,  प्रकाशीत
  • पर्वत । प्रदेश नम्बर ४ को राजधानी पोखरा पुग्ने छोटो सडक निर्माण गर्न थालिएको छ । पर्वत र बागलुङलाई पोखरा जोड्ने पोखरा–बागलुङ राजमार्गको विकल्पको रूपमा जैमिनी–पोखरा सडक निर्माण थालिएको हो । स्थानीय तहले आफ्नै लगानीमा राजधानी जोड्ने छोटो सडक बनाउन लागेका हुन् ।

    दुई नगरको साझेदारीमा अहिले सडक स्तरवृद्धि गर्ने क्रममा पर्वत खण्डमा पर्नेे देवीस्थान–खानीगाउँ–शङ्करपोखरी–थापाठाना–कार्कीनेटा हुँदै स्याङ्जा जोड्ने र जुग्ले हुँदै नौडाँडा जोड्ने सडक बुधवारदेखि स्तरोन्नति गर्न थालिएको छ । बागलुङको जैमिनी नगरपालिकाले पनि नगरपालिकाको केन्द्र कुश्मिशेराबाट सडक स्तरोन्नतिको कार्ययोजना तय गरेको छ । मेयर इन्द्रराज पौडेलका अनुसार सडकका लागि बजेट विनियोजन भइसकेको छ ।

    यो सडकलाई दुई जिल्लाको आर्थिक समृद्धिसँग जोडेर हेरिएको छ । जैमिनी र फलेवासका बासिन्दा पर्वतको सदरमुकाम कुश्मामा नपुगी पोखरा पुग्ने अन्य कुनै वैकल्पिक सडक अहिलेसम्म छैन । सदरमुकामसम्म घुमेर जाँदा समय र खर्च बढी लाग्ने गरेको छ ।

    पर्यटन, कृषि र नगरपालिकाको सम्बन्ध प्रदेशसँग सहज रूपमा जोड्न यो सडक उपयोगी हुने फलेवासका मेयर पदमपाणि शर्माले बताए । सडक स्तरोन्नतिका लागि नगरपालिकाले रु. ४५ लाख पहिलो चरणमा विनियोजन गरेको र अर्को चरणमा थप रू. ४५ लाख उपलब्ध गराइने उनको भनाइ छ । जैमिनीघाटबाट शुरू भएको सडकले साविकका एक दर्जन गाविसलाई समेट्छ । यसबाहेक स्याङ्जा र बागलुङका दुई स्थानीय तहलाई समेत लाभ हुनेछ ।

    सडक विस्तारपछि ग्राभेलिङ गर्ने, नाली निर्माण गर्ने र रिटेनिङ वाल बनाउने योजना रहेको नगरपालिकाले बताएको छ । बागलुङको जैमिनी र पर्वतको फलेवासका बासिन्दालाई अहिले पनि पोखरा जान ४ घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता छ । यो सडक बनेमा २ घण्टामै पोखरा पुग्न सकिने बताइएको छ ।

    arthik abhiyan

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.