• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चिडियाखाना निर्माणले प्रदेश नम्वर ४ लाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउँछ ः मुख्य मन्त्री गुरुङ

  •      /१९ फाल्गुन २०७४, शनिबार १५:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज 

    पोखरा १९ फागुन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लेखनाथको पचभैयामा निर्माणाधिन चिडियाखानालाई प्रदेश नम्वर ४ को उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउनेगरी तत्कालैे डिपिआर तयार पार्ने बताएका छन्।
    पाँच बर्ष भित्र चिडियाखाना सञ्चालनमा ल्याउनेगरी प्रदेश सरकारले तत्काल डिपिआर तयार गरी आवस्यक भौतिक पूर्वाधार निर्माणको कामलाई तिव्रता दिने प्रमुख गुरुङले बताए।
    पोखरा लेखनाथ महानगरपालिका वडानम्वर ३१ म रहेको प्रस्तावित पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माणस्थल पचभैयामा आयोजित विशेष सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले पोखरामा निर्माण हुन लागेको चिडियाखानाको डिपिआर प्रदेश सरकारले तयार गरी पाँंच वर्ष भित्र चिडियाखाना सञ्चालनमा ल्याइने वताए । उनले ४ नम्वर प्रदेशलाई नमुना प्रदेश बनाउने योजना रहेको बताउदै पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना पनि सरकारको एजेण्डामा रहेको वताए। ‘प्रदेश सरकार चिडियाखाना कस्तो बनाउने भन्ने बारेमा स्थानियसंग सहकार्य गरेर अगाडी वढ्छ’उनले भने। ‘स्थानीयको राय सल्लाह सरकारलाई आबस्यकछ।,स्थानीयकै सहयोग,सहकार्य र सुझाव अनुसार अगाडी बढ्छौ।’
    २०७१ साल पुस २३ गते तत्कालिन क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाको पहलमा प्रदेश नम्वर ४ लाई योजनाबद्ध एकीकृत तथा ब्यवस्थित शहर बिकास गर्नका लागी गठित समितीले पचभैयामा चिडियाखाना निर्माण गर्ने निर्णय गरेको थियो। त्यसपछि स्थानीय र सरकोकारवालाहरुको पहलमा बेगनाश र रुपातालको बीचमा पर्ने पचभैया क्षेत्रको सामुदायिक बनको १ सय ३४ हेक्टर क्षेत्रफलमा चिडियाखाना बनाउने निर्णय भएको थियो।
    त्यस लगत्तै २०७२ साउन १५ गते तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिडियाखानाको सिलान्यास गरेका थिए। सिलान्यास पछि भौतिक निर्माणको काम अगाडि बढेको थियो। गरी चिडियाखाना निर्माणको काम शुरु भएको थियो ।
    चिडियाखाना निर्माण गर्नका लागि पोखराको स्थापित युनाइटेड क्लवको पहलमा पूर्वाधार लयायत निर्माणका अन्य कार्य अगाडि बढाएको थियो। पोखरामा पहिलो पटक थालिएको चिडियाखाना निर्माणको लागि क्लवले हाल सम्म करिव ३६ लाख रकम खर्च गरीसकेको चिडियाखाना निर्माण समितिका अध्यक्ष हिमालय बख्रेलले वताए । उनका अनुसार अनुसार निर्माणाधिन चिडियाखाना भित्र चिडियाखानाको प्रारम्भिक चरणको काम सम्पन्न भइसहेको छ । चिडियाखाना भित्र स्थापनागरिएको बन्यजन्तु उद्धार केन्द्रमा अहिले मृग, निलगाइ, जंगली खरायो, हुकिचिल, अजिंगर लगायतका बन्यजन्तुहरु राखिएकोछ। विश्व प्राणी उद्यान संघको मापदण्ड अनुसारको अन्तराष्ट्रिय स्तरको उद्यान निर्माण गर्ने उद्देश्यले कार्य अगाडि बढेको बख्रेलले वताए । ‘हामी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उद्यान बनान तयार गर्ने योजनाका साथ अगाडी बढेको छौ’ उनले भने।
    राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व सदस्य सचिव जुद्ध बहादुर गुरुङले पोखरामा निर्माण हुुने चिडियाखाना अन्तराष्ट्रिय स्तरको चिडियाखाना हुने वताए। ‘लेखनाथको पचभैया छिट्टै पर्यटकका लागी उत्कृष्ट गन्तब्य हुनेछ’ उनले भने। ‘अब, दुर्तरुपमा आवस्यक तयारी अगाडी बढाउनु पर्छ।’
    त्यसैगरी नेपाल उद्योग वणिज्य महासंघका पूर्व अध्यक्ष अनन्दराज मुल्मीले युनाइटेड क्लवको पहलमा पोखरामा नयाँ पर्यटकीय गन्तब्य निर्माण हुन लागेकोमा खुशीलागेको बताए। ‘चिडियाखाना निर्माणले प्रदेश नम्बर चारको पर्यटन र आर्थिक गतिविधीमा ठूलो सधाउ पुग्नेछ’उनलेभने।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.