• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

२० गते देशब्यापी शैक्षिक हड्ताल ,यस्तो छ तयारी

  •      /१९ फाल्गुन २०७४, शनिबार १६:०९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज 

    काठमाडौं,फागुन १९ – नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले फागुन २० गतेको देशब्यापी आम शैक्षिक हड्ताल यथावत नै रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष लाल बहादुर तमाङले रिसेन्ट नेपालसँग कुरा गर्दै देशब्यापी आम शैक्षिक हड्ताल  फिर्ता नहुने बताए ।

    राष्ट्रिय सम्मेलन प्रभावित पार्ने गरि राज्यले गिरफ्तार गरेको सबै नेता कार्यकताको रिहाइ भएमा भने शैक्षिक हड्ताल फिर्ता हुने तर त्यो सम्भावना भने नरहेको उनको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले यस अघि पनि पटक पटक आफ्नो विभिन्न माग राख्दै गरेको शैक्षिक हडताल त्यति प्रभावकारी भएको थिएन् ।

    शैक्षिक हडताल उल्लंख गरे पछि उनिहरुको निशानामा परिने डरले स्कुल कलेजहरुका सञ्चालकले स्कुल कजेज खोल्ने आँट नगर्दा शैक्षिक हडताल सफल हुँदै आएको छ । शैक्षिक हडतालले गर्दा परीक्षा नजिकै आएका विद्यार्थी मारमा परेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले शैक्षिक हडताल सफल बनाउनका लागि सम्पूर्ण स्कुल, कलेजहरुमा निगरानी राख्ने बताईएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले आम विद्यार्थीको राजनैतिक र शैक्षिक सुनिश्चितताको लागि चरणबद्ध रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गर्दै फागुन २० गते देशब्यापी आम शैक्षिक हडताल तोकेको छ । सरकारले फागुन २७ देखि ३० सम्म राष्ट्रिय सम्मेलनको तयारीमा रहेको क्रान्तिकारीका नेताहरु धमाधम गिरफ्तार गर्न थालेको उनिहरुले आरोप लगाउँदे आएका छन् । राष्ट्रिय सम्मेलन प्रभावित पार्ने गरि राज्यले संगठनका नेता कार्यकर्ता धरपकड गरेको र उक्त्त ब्यवहारले आफुहरुलाई आक्रोशित बनाएको बताएको छ ।

    शैक्षिक संस्था बन्द गरेर अाफ्नो अान्दोलनलाई सहयोग गर्न गर्‍यो यस्तो अाग्रह

    सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेको छ । त्यसैले पूर्व घोषित शैक्षिक हड्‍ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ । “सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुको दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ ।

    गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नु भएका संगठनका महासचिवलगयात सबै कमरेडहरुको विना शर्त यथाशिघ्र रिहाई गर्न जाडदार माग गर्दछौं । आमज विद्यार्थीको राजनीतिक र शैक्षिक अधिकार सुनिश्चितताको लागि संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ” अध्यक्ष सिंहले जारी विज्ञप्तिमा उल्लेख छ ।

    अखिल क्रान्तिकारीले फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रियासहित २० गते आम शैक्षिक हड्ताल घोषणा गरेको थियो । भोलि शैक्षिक संस्था बन्द गरेर अाफ्नो अान्दोलनलाई सहयोग गर्न अखिल क्रान्तिकारीले सबैमा अाग्रह गरेको छ । यसैबीच सुर्खेत र बैतडीबाट तीन तीन जना विद्‍यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
    महासचिव दिपेन्द्र लगाउनेलाई काठमाडौंको कमलपोखरीस्थित प्रहरी वृतमा राखिएको छ । चलाउनेमाथि सार्वजनिक मुद्दा लगाएको छ ।

    resente nepal

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.