काठमाडौं,फागुन १९ – नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले फागुन २० गतेको देशब्यापी आम शैक्षिक हड्ताल यथावत नै रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष लाल बहादुर तमाङले रिसेन्ट नेपालसँग कुरा गर्दै देशब्यापी आम शैक्षिक हड्ताल फिर्ता नहुने बताए ।
राष्ट्रिय सम्मेलन प्रभावित पार्ने गरि राज्यले गिरफ्तार गरेको सबै नेता कार्यकताको रिहाइ भएमा भने शैक्षिक हड्ताल फिर्ता हुने तर त्यो सम्भावना भने नरहेको उनको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले यस अघि पनि पटक पटक आफ्नो विभिन्न माग राख्दै गरेको शैक्षिक हडताल त्यति प्रभावकारी भएको थिएन् ।
शैक्षिक हडताल उल्लंख गरे पछि उनिहरुको निशानामा परिने डरले स्कुल कलेजहरुका सञ्चालकले स्कुल कजेज खोल्ने आँट नगर्दा शैक्षिक हडताल सफल हुँदै आएको छ । शैक्षिक हडतालले गर्दा परीक्षा नजिकै आएका विद्यार्थी मारमा परेका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले शैक्षिक हडताल सफल बनाउनका लागि सम्पूर्ण स्कुल, कलेजहरुमा निगरानी राख्ने बताईएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले आम विद्यार्थीको राजनैतिक र शैक्षिक सुनिश्चितताको लागि चरणबद्ध रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गर्दै फागुन २० गते देशब्यापी आम शैक्षिक हडताल तोकेको छ । सरकारले फागुन २७ देखि ३० सम्म राष्ट्रिय सम्मेलनको तयारीमा रहेको क्रान्तिकारीका नेताहरु धमाधम गिरफ्तार गर्न थालेको उनिहरुले आरोप लगाउँदे आएका छन् । राष्ट्रिय सम्मेलन प्रभावित पार्ने गरि राज्यले संगठनका नेता कार्यकर्ता धरपकड गरेको र उक्त्त ब्यवहारले आफुहरुलाई आक्रोशित बनाएको बताएको छ ।
शैक्षिक संस्था बन्द गरेर अाफ्नो अान्दोलनलाई सहयोग गर्न गर्यो यस्तो अाग्रह
सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेको छ । त्यसैले पूर्व घोषित शैक्षिक हड्ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ । “सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुको दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ ।
गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नु भएका संगठनका महासचिवलगयात सबै कमरेडहरुको विना शर्त यथाशिघ्र रिहाई गर्न जाडदार माग गर्दछौं । आमज विद्यार्थीको राजनीतिक र शैक्षिक अधिकार सुनिश्चितताको लागि संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ” अध्यक्ष सिंहले जारी विज्ञप्तिमा उल्लेख छ ।
अखिल क्रान्तिकारीले फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रियासहित २० गते आम शैक्षिक हड्ताल घोषणा गरेको थियो । भोलि शैक्षिक संस्था बन्द गरेर अाफ्नो अान्दोलनलाई सहयोग गर्न अखिल क्रान्तिकारीले सबैमा अाग्रह गरेको छ । यसैबीच सुर्खेत र बैतडीबाट तीन तीन जना विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
महासचिव दिपेन्द्र लगाउनेलाई काठमाडौंको कमलपोखरीस्थित प्रहरी वृतमा राखिएको छ । चलाउनेमाथि सार्वजनिक मुद्दा लगाएको छ ।
शुभेच्छा न्यूज

resente nepal
Related