कांग्रेस संसदीय दलका नेतामा देउवा र प्रकाशमानको उम्मेदवारी
/२० फाल्गुन २०७४, आईतवार १३:४६ , प्रकाशीत
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्।
आज साँझ कांग्रेस संसद सचिवालय सिंहदरबारमा दुबै नेताले उम्मेदवारी पेश गरेका हुन्।देउवाले वारेसमार्फत संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराए। देउवाले केन्द्रीय सदस्य बालकृष्ण खाँणमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।
देउवाको प्रस्तावक विजय गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा रहेका छन् । यता सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थक सांसद सञ्जय गौतम रहेका छन्। निर्वाचन भोलि हुने निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए।

Related