बैंकहरुले एकतर्फी रुपले ब्याज बढाएकोमा पोउवा संघको आपत्ति
/२० फाल्गुन २०७४, आईतवार १४:०३ , प्रकाशीत
पोखरा । बैंक तथा वित्तिय संस्थाहरुले ऋणीसंग गरेको सहमति तोडेर आफू खुशी ब्याजदर बढाउँदा ब्यवसायीक क्षेत्र धरासायी बनेको उद्योगी एवं ब्यवसायीहरुले आरोप लगाएकाछन्।
पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाँस उद्योगी एवं ब्यवसायीहरुले ब्याजदर घटाएर बैक तथा वित्तिय संस्थाहरुलाई सरकारले नाफामूलक भन्दा उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने ब्यवस्था मिलाउनु पर्ने बताए।
अन्तरक्रिया कार्यक्रमा बोल्दे पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिश्वशंकर पालिखेले बैकहरुले तोकेकै ब्याजदरमा लिएको ऋणको एकबर्ष नहुदै शतप्रतिशत ब्याज बृद्धी गर्दापनि बैक तथा बित्तिय संस्थाहरु सन्तुष्ट नभएको आरोप लगाए। ‘सात प्रतिशतमा लिएको ऋण १४ प्रतिशत पुग्दा बैंकहरुलाई कति प्रतिशत नाफा भयो?’,तरपनि बैकहरु अझ सन्तुष्ट छैन्’ पालिखेले भने। ‘बैक तथा बित्तिय संस्थाको मनलाग्दो र सरोकारवाला निकाय निरिह भएको अवस्थामा कसरी ब्यापार व्यवसायमा लगानी बढ्ने सम्भावना हुन्छ।?’
थोरै निक्षेपमा ब्याज बढाएको बहानामा ठूलो लगानीमा बढाएको ब्याजसँग तुलना हुन नसक्ने बताउँदै अध्यक्ष पालिखेले बैंक तथा वित्तिय संस्थाहरुको नियतमै खोट रहेको आरोप लगाए । बैंकहरुले एकतर्फी रुपले ब्याज बढाउँदा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले कारवाही गर्नु पर्नेमा उनको जोड थियो।
पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तिय क्षेत्रले आफुखुशी ब्याजदर बढाएकोबारे सोमबार प्रदेश नम्बर ४ का मुख्यमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष पालिखेले जानकारी दिए। त्यसैगरी संघले फागुन २४ गते प्रधानमन्त्री केपीशर्मा ओली र अर्थमन्त्री युवराज खतिवडालई ज्ञापन पत्र बुझाउने उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले बैंकहरुसँग आर्थिक कारोवार गर्ने ब्याक्तिहरु बैंकर्स हुनै नसक्ने तर्क गरे। ‘बैकहरुले निक्षेपमा ब्याज नबढाउदैन् तर कर्जामा चाहिँ आफुखुशी ब्याज बढाउदै आएका छन’उनले भने।‘नियमनकारी निकायकै कमजोरीले उद्योगी र ब्यवसायी मारमा परेकाछन।’
कार्यक्रममा बोल्दै संघका उपमहासचिव अर्जुन पोखरेलले समस्याको स्थायी समाधानको लागि नयाँ सरकारले स्पष्ट नीति ल्याउन आग्रह गरे।

Related