• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संघीयता कार्यान्वयनको दायित्व प्रदेश सदस्यको:मन्त्री चुमान

  •      /२१ फाल्गुन २०७४, सोमबार १५:०९ ,  प्रकाशीत
  • पोखरा । ऐतिहासिक संघीयता कार्यानवयनका लागि सबैभन्दा बढी जिम्मेवारी प्रदेशसभाका सदस्यहरुको रहेको प्रदेश नं. ४ का आन्तरीक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बताएका छन् ।

    तमु ह्युल छोजधिं गुरुङ्ग राष्ट्रिय परिषद नेपालले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री चुमानले विभिन्न खाले आन्दोलनको उपलव्धीको रुपमा आएको संघीयतालाई संस्थागत गर्ने दायित्व प्रदेशसभाका सदस्यहरुकै मुख्य भएकाले सोही अनुसार प्रस्तुत हुन उनले सबैलाई आग्रह गरे । यो कार्यान्वयन हुदा देशमा भएको विविधतालाई सम्वोधन गर्न सकिने भएकाले सबै जाती, धर्म, पेशा र जनवर्गका मानिसहरुले अपनत्व महसुश गर्न सक्ने खालको संघीयतालाई विकास गर्न जरुरी भएको उनको भनाई थियो । अब पनि परिवर्तनको लागि आन्दोलन गर्न परे देश झन पछाडि पर्दे जाने र हामी सबै असफल हुने अबस्था आउने मन्त्री चुमानले बताए ।

    कार्यक्रममा नेकपा एमालेका अञ्चल सचिव मायानाथ अधिकारीले जनतालाई अधिकार सम्पन्न बनाउने गरि संघियता ल्याएको स्मरण गराए । नेपाली कांग्रेसका प्रदेश सदस्य कृष्णचन्द्र नेपालीले घोषणापत्रमा उल्लेख भए अनुसार काम गर्न बामगठबन्धनलाई आग्रह गरे । अहिले आफुहरु रचनात्मक प्रतिपक्षमा रहेकोले जनतालाई विकास र संवृद्धि दिने योजना ल्याए समर्थन गर्ने उनको भनाई थियो । नयाँशक्ती पार्टीका सदस्य हरिशरण आचार्यले पनि बालेका थिए । कार्यक्रममा निर्वाचित प्रदेश सदस्यहरुलाई सम्मान गरिएको थियो ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.