बसको ठक्करबाट पोखरामा स्याङजाका र रुपन्देही घरभएका प्रहरीको मृत्यु
/२१ फाल्गुन २०७४, सोमबार ०५:४५ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा ।पोखराको विजयपुरमा आइतबार राती साडे ११ बजे भएको दुर्घटना कास्कीमा कार्यरत दुई प्रहरीको मृत्यु भएको छ ।
रुपन्देही छिपागढ घर भएका ३० वर्षीय प्रदीप कुमार यादव र स्याङ्जा फेदीखोला २ गाउँपालिकाका २७ वर्षकै सुशिल बानियाँको ड््युटीकै क्रममा बागलुङबाट काठमाडौ जादै गरेको बा४ख ५७५८ नम्बरको बसले ठक्कर दिदा उनीहरुको मृत्यु भएको हो। प्रहरी जवानद्धय ग ११ प ३६४५ मोटरसाइकलमा पोखरा तर्फ फर्कने क्रममा बसले उनिहरुलाई ठक्कर दिएकोहो।
वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान सुशिल बानियाँ र प्रदिपकुमार यादबको बसको ठक्करबाट तत्कालै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अशोक सिहंले जानकारी दिए ।
दुर्घटना पछि घाइते भएका उनीहरुलाई उपचारका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएकोमा तत्कालै चिकित्सकहरुले मृत घोषित गरेका थिए।
पोखराको डाँडाको नाक एरियामा चोरी केसमा पक्राउ परेकाले अरु पनि मुछेपछि वडा प्रहरी कार्यालय बैदामबाट दुई प्रहरी जवान सादा पोशाकमा ड्युटीमा खटिएका थिए । उनीहरु डाँडाकोनाक क्षेत्र सर्च गरेर फर्कदै गर्दा दुर्घटनामा परेका थिए ।
प्रहरी यादव २०७३ जेठ २८ देखि वडा प्रहरी कार्यालय बैदाममा कार्यरत रहेको र बानियाँ २०७३ मंसिर ५ गते वैदाममा आएको कार्यालय प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए।
बसचालक पर्वतका डासु गिरीलाई डाँडाको नाक प्रहरीले तुरुन्त नियन्त्रणमा लिएको कार्यालय प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिए । प्रहरीद्वयको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ । पोस्टमार्टमपछि उनीहरुको शवलाई परिवारलाई बुझाउने अस्पतालले जनाएको छ ।
शुभेच्छा न्यूज
पोखरा । पोखराको विजयपुरमा आइतबार राती साडे ११ बजे भएको दुर्घटना कास्कीमा कार्यरत दुई प्रहरीको मृत्यु भएको छ ।

Related