अन्तर्राष्ट्रिय ह्याण्डवल खेलमा सहभागि हुन जाने नेपाली टोलीलाई विदाई
/२२ फाल्गुन २०७४, मंगलवार १२:५० , प्रकाशीत
पोखरा २२, फागुन । अन्तर्राष्ट्रिय ह्याण्डवल खेलमा सहभागि हुन जाने नेपाली खेलाडीलाई मंगलवार विदाई गरिएको छ । यही मार्च १० देखि १५ गतेसम्म पाकिस्तानको फैसलावादमा संचालन हुने आइएचएफ ट्रफीमा सहभागि हुन जान लागेको नेपालीको दुई टिमलाई बिदाई गरिएको हो ।
प्रतियोगितामा नेपालबाट १९ र २१ बर्ष मुनिका खेलाडीहरु सहभागी हुनेछन । उक्त टिमको नेतृत्व नेपाल ह्याण्डबल संघका अध्यक्ष एवं नेपाल आलेम्पिक कमितीका सदस्य तेज बहादुर गुरुङले गर्ने भएका छन । खेलाडी, प्रशिक्षक र टिमको व्यवस्थापक गरि ४० जनाको टोली विहिबार पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
ह्याण्डवल संघद्धारा आयोजित विदाई कार्यक्रममा प्रदेश नम्बर ४ का सांसद मोहन रेग्मीले टिमको नेतृत्व गर्ने संघका अध्यक्ष गुरुङ सहित खेलाडीलाई विदाई गर्दै खेलाडीलाई अनुशासित रुपमा खेल्न आग्रह गरे । उनले राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय खेल जगतमा माथी उठाउन शसक्त खेल प्रदर्शन गर्न ह्याण्डबल टिम सक्षम हुने विश्वास व्यक्त गरे ।
नेपाल ह्याण्डबल संघका सचिव केशब पाठक, कास्की जिल्ला ह्याण्डबल संघका जिल्ला अध्यक्ष क्याप्टेन जग बहादुर गुरुङ, बरिष्ठ उपाध्यक्ष चित्र थापा, सचिव टेक बहादुर गुरुङ र खेलाडीका अभिभावकहरुले खादा तथा अविर लगाएर विदाई गरेका थिए ।

Related