डा. गोबिन्द केसीविरुद्ध अर्को मुद्धा दायर, ३ दिनभित्र सर्वोच्चमा उपस्थित हुन आदेश
तपाईको प्रतिक्रिया





फागुन २२, काठमाडौं (अस) । अदालतको अवहेलना गरेको आरोप लागेका डा. गोविन्द केसीलाई ३ दिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले डा. केसीलाई लिखित जवाफसहित ३ दिन भित्र आँफै उपस्थित हुने आदेश दिएको सम्बद्ध इजलास अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिए । अदालतको अवहेलना गरेको आरोप लगाई गोविन्द बोहोरा नामक व्यक्तिले डा. केसीविरुद्ध अर्को मुद्धा दायर गरेका थिए । डा. केसीले अदालतविरुद्ध विभिन्न लान्छना लगाएको मुद्दामा आरोप लगाइएको छ ।
उनीविरुद्ध यस भन्दा अघि दायर अदालतको अवहेलना गरेको आरोपको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
Related