दुर्घटनामा मृत्यु भएका दुई प्रहरी जवानलाई प्रहरीको सलामी
/२२ फाल्गुन २०७४, मंगलवार ०४:२५ , प्रकाशीत
पोखरा , : आइतबार राती पोखराको विजयपुरमा सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरीका दुई जवानको शब परिवारलाई बुझाइएको छ । आइतबार राती विजयपुरमा बसले मोटरसाइकललाई ठक्करदिंदा रुपन्देहीका प्रदिप कुमार यादव र स्याङजा फेदीखोलाका शुसिल बानियाको मृत्यु भएको थियो ।मृतकको शवलाई सोमबार पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको प्राङगणमा अन्तिम श्रद्धान्जली सहित परिवारलाई बुझाइएको हो ।
आफ्ना असल, इमान्दार र कर्मठ योद्दा सहकर्मी गुमाउँदा सम्पूर्ण संगठन नै स्तब्ध भएको र संगठनलाई अतुलनिय क्षति समेत भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताउनुभएको छ ।
परिवारलाई शव बुझाउनु अघि ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बम, कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंह, शसस्त्र प्रहरी गण पोखराका गणपति प्रहरी उपरिक्षक नल प्रसाद उपाध्याय लगायतले मृतक प्रहरी कर्मचारीहरुको आत्माको शान्तीका लागि श्रदाञ्जलि अर्पण गरेका थिए ।

Related