• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

देउवाको जितलाई पार्टीको बर्बादी भन्दै पौडेल तीन दिन क्रिया बस्ने घोषणा

  •      /२२ फाल्गुन २०७४, मंगलवार ०३:१३ ,  प्रकाशीत
  • नेपाली काङ्ग्रेस संसदीय दलको नेता चुनिएपछि सभापति शेरबहादुर देउवाका अनुयायीबीच खुशीयाली छाएको छ । पार्टीले चुनावमा ब्यहोरेको लज्जास्पद हार र भावी दिनमा यसले भोग्नुपर्ने दुर्गतिका सम्भावनामाथि चिन्ता वा चिन्तनरहित देउवा समूह विजयोन्मादमा रम्दै गर्दा पार्टीप्रति चिन्तित काङ्ग्रेस कार्यकर्ताहरूमा भने निराशा छाएको पाइएको छ ।

    आज भएको संसदीय दलको निर्वाचन परिणामअनुसार देउवा विजयी बनेको खबर सुन्नेवित्तिकै काङ्ग्रेसका समर्पित कार्यकर्ता चितवननिवासी लेखनाथ पौडेलले पार्टी बर्बाद हुन लागेको भन्दै गहिरो चिन्ता प्रकट गरेका छन् । उनले यस परिघटना आफ्नो लागि ठूलो शोकको विषय भन्दै शोकमा परेको आफू अब ‘कृयाकर्म’मा लाग्ने घोषणा गरेका छन् ।

     जसरी आफ्ना अभिभावकको देहान्त हुँदा हिन्दु संस्कृतिमा कृया बस्ने परम्परा छ, सोहीअनुसार आफ्नो आस्थाको केन्द्र र अभिभावकतुल्य काङ्ग्रेस पार्टीको प्राणान्त हुन लागेकोमा शोक प्रकट गर्न भन्दै तीन दिन कृया बस्ने उदघोष पौडेलले गरेका हुन् ।

    ‘जुठो बार्न’ लागेका पौडेलले चितवनको काङ्ग्रेस पार्टी कार्यालयमै कृया बस्ने बताएका छन् । यदि त्यहाँ बाधा–अवरोध उत्पन्न गरिए भरतपुर–३ बाह्रघरेस्थित आफ्नै निवासमा भए पनि कृयामा बस्ने जानकारी उनले दिए ।

    यसै क्रममा नेपाली कांग्रेसका लोकप्रिय नेता चन्द्र भण्डारीले देउवा संसदीय दलको नेता बनेको सन्दर्भमा आफ्नो फेसबुक वालमा स्ट्याटस लेख्दै अर्थपूर्ण प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘संसदीय दलको नेता शेरबहादुर देउवा, कुनै नयाँ कुरा होइन ! आजसम्म पार्टी सभापति, नेता उहाँ न हो ! विभेदपूर्वक समानुपातिकको भीड़ जम्मा गरेर आफुलाई भोट हलाउनु ठुलो कुरा होइन । ठुलो कुरा उहाँको नेतृत्वमा पार्टी कुन स्थानमा छ भन्ने हो । महत्वपूर्ण सवाल दाशहरुको भेलाले युद्ध जित्न सकिँदैन ! शुभकामना उहाँका केही सहयोगीलाई… जसले विगतमा पार्टीलार्इ चुनाव हराउन सहयोग पुर्याए । अब पार्टीलाई अगाडी बढाउन सहयोग गरुन् !!’ghatanarabichar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.